सञ्चारसम्बद्ध विषय नीति तथा कार्यक्रममा नसमेटिएको गुनासो

FNJ1

काठमाडौं, वैशाख २७ गते । नेपाल पत्रकार महासंघले सञ्चारसँग सम्बद्ध महत्वपूर्ण विषयलाई नीति तथा कार्यक्रममा समावेश नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

पत्रकारका क्षमता अभिबृद्धिका लागि राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन, पत्रकारका स्वास्थ्य बीमा, निर्देशिकासमेत तयार भएको द्वन्द्वपीडित पत्रकार कल्याणकारी कोष सञ्चालन, जेष्ठ पत्रकार सम्मानवृत्ति लगायतका विषयलाई सरकारले प्राथमिकता नदिएको महासंघले आरोप लगाएको छ ।

महासंघसँग सहकार्य गरी कार्यान्वयनमा ल्याउन सम्बन्धित मन्त्रालय र सूचना तथा सञ्चारमन्त्रीसँग पटक–पटक छलफल भई सार्वजनिकरुपमै सरकारले नीति तथा कार्यक्रममा समावेश गरी कार्यन्वयनमा लग्ने प्रतिबद्धता जनाउने काम भएपनि सो विषय नसमेटिनु पत्रकारका लागि दुःखद् भएको महासंघले बताएको छ ।

महासंघका महासचिव इन्द्रमान बुढामगरले सोमबार विज्ञप्ती प्रकाशित गर्दै सो विषय बजेटमा समेट्न माग गर्नुभयो । त्यस्तै, सरकारद्वारा सञ्चालित सञ्चार माध्यमहरुलाई छुट्टै स्वायत्तता दिई सञ्चालन गर्नेगरी सार्वजनिक सेवा प्रसारण (पीएसवी) अन्तर्गत लैजाने गरी समितिसमेत गठन भैसकेको अवस्थामा नीति तथा कार्यक्रममा केही उल्लेख नभएको महासंघले बताएको छ ।

राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन, पत्रकारहरुको स्वास्थ्य बीमा, निर्देशिका समेत तयार भएको द्वन्द्वपीडित पत्रकार कल्याणकारी कोष सञ्चालन, जेष्ठ पत्रकार सम्मानवृत्ति लगायत विषयलाई आगामी बजेटमा समेट्न महासंघले माग गरेको छ ।

तपाईको प्रतिक्रिया