सञ्चारनीतिले समावेशीतालाई प्राथमिकता दिनेछः अध्यक्ष दाहाल


DSC03243

काठमाडौं, बैशाख २७ गते । नयाँ सञ्चार नीति निर्माण सम्बन्धी उच्चस्तरीय समितिका अध्यक्ष काशीराज दाहालले नयाँ संचारनीतिमा समावेशीतालाई प्राथमिकता दिइने बताउनुभएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबूका तर्फबाट सोमबार बुझाइएको सुझावपत्र बुझ्दै अध्यक्ष दाहालले सो कुरा बताउनुभएको हो । जेठ ५ गते पछि सञ्चारनीतिको मस्यौदा सार्वजनिक गरिने पनि उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा अध्यक्ष दाहाल अब बन्ने सञ्चार नीतिमा समावेशी, मातृभाषाको पत्रकारिताको विकास र सञ्चार सम्बन्धी विभिन्न संयन्त्रमा विभिन्न समुदायको न्यायोचित प्रतिनिधित्वलाई नीतिगत रुपमा सम्बोधन गरिने बताउनुभयो ।

समितिले आउँदो जेठ ५ गते बृहत अन्र्तक्रिया कार्यक्रम गरेलगतै प्रारम्भिक मस्यौदा तयार गर्ने तर्फ काम अघि बढ्ने पनि जानकारी दिनुभयो ।

नेवाः पत्रकार दबूले बुझाएको ज्ञापनपत्रमा ठूला सञ्चारमाध्यमले बहुभाषिक नीतिअनुरुप सामग्री प्रकाशन र प्रसारण गर्नुपर्ने र त्यसलाई राज्यले प्रोत्साहन दिनुपर्ने, मातृभाषाको पत्रकारिताको विकासका लागि राज्यले उचित सहुलियत र अनुदान दिनुपर्ने, सञ्चार सम्बन्धी निकायमा नियुक्ती प्रक्रिया समावेशी हुनुपर्ने लगायतका २२ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।

दवुका अध्यक्ष श्रीकृष्ण महर्जनको नेतृत्वमा पत्रकारको टोली ज्ञापनपत्र बुझाउन गएको थियो ।

तपाईको प्रतिक्रिया