भारतको चन्दनचौकीमा नेपाल भारतको थारू सम्मेलन

थरुहट आन्दोलनमा भारतीय थारूको सहयोग हुने


Nepal Varat tharu

चन्दनचौकी (भारत) वैशाख २८ गते । भारतको उत्तर प्रदेशको लखिमपुर खिरीस्थित चन्दनचौकीमा भारत–नेपाल थारू अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । भेलामा भारतीय थारुले नेपालको थारु अधिकारका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

थारू प्रधान जनकल्याण सेवा समिति चन्दनचौकीको आयोजनामा महाराना प्रताप सिंहको जन्मजयन्तीको अवसरमा दुई देशीय थारू सम्मेलन भएको हो । दुई देशका थारूहरुको राजनीतिक, सांस्कृतिक, शैक्षिक, आर्थिक अवस्थालाई लक्षित गरी भएको सम्मेलनमा ठूलो संख्यामा दुवै देशका थारूहरुको सहभागिता थियो ।

सम्मेलनका वक्ताहरुले दुई देशीय थारुबीचको सम्बन्धलाई दीगो बनाएर लैजानु पर्नेमा जोड दिएका थिए । कार्यक्रमको सभापति समेत रहेका थारू प्रधान जनकल्याण सेवा समिति चन्दनचौकीका प्रमुख रामनरेश राना थारुले दुई देशका थारूबीच सदियौंदेखि कायम रहेको रोटी र बेटीको सम्बन्धलाई प्रगाढ बनाउने र अन्य क्षेत्रमा पनि सम्बन्धलाई विस्तार गर्दैजाने बताए ।

थारू प्रधान जनकल्याण सेवा समिति चन्दनचौकीको आयोजनामा महाराना प्रताप सिंहको जन्मजयन्तीको अवसरमा दुई देशीय थारू सम्मेलन भएको हो ।

नेपालको तराई–मधेश क्षेत्रमा जारी आन्दोलनको कुनै सुनुवाई नहुनु विदम्बना भएको बताउँदै उनले आफ्ना देशका नागरिकका समस्या समाधानको लागि नेपाल सरकारले गम्भीरताका देखाउनु पर्र्ने विचार व्यक्त गरे ।

शिक्षा क्षेत्रमा अझै दुवै देशका थारूहरु पछाडी परेकोले शैक्षिक विकासमा सबै सरोकारवालाहरुको ध्यान जानुपर्ने उनको भनाई थियो । सम्मेलनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) चन्दनचौकीका प्रमुख यतेन्द्र सिंहले कुनै पनि वर्ग समुदाय, पेशाकर्मीको लागि पहिचान सवभन्दा ठूलो कुरा भएको बताए । आफु एक सुरक्षाकर्मी रहेको र आफ्नो पहिचानको झल्को बर्दीले दिएको बताउँदै उनले पहिचान विनाको मानिस पुच्छर नभएको जन्तु झै रहने बताए ।

Nepal Varat tharu1

पश्चिम नेपालका थारु र त्यससंग जोडिएका भारत उत्तर प्रदेशका थारूहरु पनि शैक्षिक दृष्टीकोणले पछाडी परेकोले शैक्षिक सुधारमा लाग्नुपर्ने उनको जोड थियो । नेपालको तर्फबाट सम्मेलनमा सहभागिता जनाएकी थारू कल्याणकारिणी सभा कैलाली कोषाध्यक्ष इन्दु चौधरीले देशको सिमाना अलग–अलग भएपनि थारूहरुको मन भने एउटै रहेको बताइन् ।

नेपालको तर्फबाट सम्मेलनमा सहभागिता जनाएकी थारू कल्याणकारिणी सभा कैलाली कोषाध्यक्ष इन्दु चौधरीले देशको सिमाना अलग–अलग भएपनि थारूहरुको मन भने एउटै रहेको बताइन् ।

अबको पहिचान आन्दोलनमा भारतीय थारूहरुको सहगोग अनिवार्य रहेको पनि उनको भनाई थियो । त्यस्तै थारू अराउण्ड वल्डका संस्थापक तथा थारू यूवा दस्ताका संयोजक महावीर चौधरीले विश्व भरीका थारूहरु एकजुट भएमा मात्रै थारूहरु शैक्षिक, सामाजिक, साँस्कृतिक रुपमा अगाडी बढ्न सक्ने बताए ।

नेपाल र भारतका थारूहरुबीच रोटी र बेटीको सम्बन्ध सदियौंदेखि चल्दै आएको अन्य क्षेत्रमा सम्बन्ध विस्तार जरुरी रहेको उल्लेख गरे ।
कार्यक्रममा रानाथारू समाज कैलालीका नन्दकुमार रानाथारुले रानाथारू समुदाय अन्य समुदाय भन्दा धेरै पछाडी परेकोले राज्यको ध्यान जानुपर्ने र जारी पहिचान आन्दोलनको निकासबारे राज्य गम्भिर हुनेपर्ने बताए ।

तपाईको प्रतिक्रिया