जनजाति प्रतिष्ठानमा राप्रपा नेपालका चन्द्रबहादुर गुरुङ


Chandra

काठमाडौं, वैशाख ३० गते । सरकारले आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको उपाध्यक्षमा राप्रपा नेपालका चन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ । प्रतिष्ठानको उपाध्यक्ष राज्यमन्त्री सरहको नियुक्ति हो ।

प्रतिष्ठानको सदस्यसचिव पदमा एमालेका गोविन्दलाल माझी नियुक्त हुनुभएको छ । उहाँ नेपाल लोकतान्त्रिक माझी संघका महासचिव हुनुहुन्छ ।

उपाध्यक्ष पदमा नियुक्त गुरुङ राप्रपा नेपालको कोटाबाट नियुक्त हुनुभएको हो । धनगढीका गुरुङ राप्रपा नेपालका केन्द्रीय सदस्य र सुदुरपश्चिम क्षेत्रका संयोजक हुनुहुन्छ । यसैगरी प्रतिष्ठानको सदस्यसचिव पदमा एमालेका गोविन्दलाल माझी नियुक्त हुनुभएको छ । उहाँ नेपाल लोकतान्त्रिक माझी संघका महासचिव हुनुहुन्छ ।

यसअघिका उपाध्यक्ष झकबहादुर थापामगरको कार्यकाल सकिएपछि लामो समयदेखि उपाध्यक्ष पद खाली रहेको थियो ।

तपाईको प्रतिक्रिया