जेठ १ गतेदेखि सिंहदरवार वरिपरि कडा सुरक्षा सतर्कता


Singhdurbar

काठमाडौं, वैशाख ३० गते । मधेस केन्द्रीत दलको सङ्घीय गठबन्धन र थरुहट संघर्ष समितिले सिंहदरबार घेराउको तयारी गरेपछि सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

मधेसी दलहरुको सिहंदरबार केन्द्रित आन्दोलनलाई मध्यनजर राख्दै प्रहरीले दोब्बर सुरक्षाकर्मी परिचालन गरेको हो । संघीय गठबन्धनले जेठ १ देखि सिंहदरवार केन्द्रीत कार्यक्रम गर्ने यसअघि घोषणा गरिसकेको छ ।

बिहीबार महानगरीय प्रहरी कार्यालय रानिपोखरीमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले काठमाडौं उपत्यकाभित्रका प्रहरी प्रमुखलाई भेला गरी आन्दोलनलाई सम्वेदनशील रूपमा लिन निर्देशन दिएका छन् ।

आन्दोलनले उपत्यकाको शान्ति सुरक्षामा असर पर्न सक्ने भन्दै महानिरीक्षक अर्यालले प्रहरीलाई चनाखो भएर बस्न निर्देशन दिएको महानगरीय प्रहरी प्रमुख एआईजी प्रताप थापाले जनाए ।

प्रहरी स्रोतकाअनुसार आन्दोलनलाई मध्यनजर राख्दै काठमाडौंमा १५ सय प्रहरी परिचालन गरिएको छ । आन्दोलनका नाममा अराजक गतिबिधि हुन सक्ने भन्दै प्रहरीले विशेष सुरक्षाको योजना बनाएको बुझिएको छ ।

“आन्दोलनमा अप्रिय घटना हुन नदिन सुरक्षा निकाय एकीकृत रुपमा परिचालन हुन्छ,” महानगरीय प्रहरी प्रमुख एआईजी प्रताप थापाले भने, “सुरक्षा कमजोरीका कारण कुनै क्षति नहोस् भन्नेतर्फ प्रहरी सजग छ ।”

“आन्दोलनमा अप्रिय घटना हुन नदिन सुरक्षा निकाय एकीकृत रुपमा परिचालन हुन्छ,” महानगरीय प्रहरी प्रमुख एआईजी प्रताप थापाले भने, “सुरक्षा कमजोरीका कारण कुनै क्षति नहोस् भन्नेतर्फ प्रहरी सजग छ ।”

घेराउमा सहभागी गराउन मदेशवादी दलहरूले ठूलो संख्यामा आन्दोलनकारी जम्मा पारेको सूचना प्रहरीलाई छ । त्यस्तै रातिको समयमा आन्दोलनकारी काठमाडौं ओसार्न सक्ने भन्दै प्रहरीले सतर्कता अपनाइरहेको स्रोतले बतायो ।

प्रहरीले आन्दोलनको सूचना संकलनका लागि सादा पोशाकका प्रहरी समेत खटाएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । थरुहट संघर्ष समितिले जेठ २ गते थरुहट क्षेत्रमा बन्द हडताल तथा सिंहदरवार घेराउ कार्यक्रम गर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया