चित्तवनको खैरहनीमा शुरुभयो अर्को थारु होमस्टे


Homaste

चित्तवन, वैशाख ३० गते । पछिल्लो समयमा पर्यटनको विकास हुँदै गएको पूर्वी चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा चारवटा थारु होमस्टे (घरवास) शुरुभएको छ ।

पर्यटकलाई थारुको रहनसहन र थारुकै परिकारका स्वाद उपलब्ध गराउने गरी थारु होमस्टे निर्माण गरिएको सहयोगी संस्था कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले जानकारी दिनुभयो ।

खैरहनी नगरपालिका–१३ हर्नरीमा थारु होमस्टे निर्माण भएको हो । स्थानीय विका महतो र सेना महतो लगायत चारवटा होमस्टेमा पर्यटक राख्नसमेत सुरु गरिएको बताइएको छ ।

पर्यटकलाई थारुको रहनसहन र थारुकै परिकारका स्वाद उपलब्ध गराउने गरी थारु होमस्टे निर्माण गरिएको सहयोगी संस्था कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले जानकारी दिनुभयो ।

सोही क्षेत्रमा दुईवटा तामाङ होमस्टे निर्माणको कामसमेत सम्पन्न भएकाले निकट भविश्यमै सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँहरुको भनाई छ । पर्यटकको बसाइँ लम्ब्याउन यहाँ थारु र तामाङको १०÷१० वटा होमस्टे निर्माण गर्ने योजना रहेको स्थानीय संरक्षणकर्मी ईश्वरी पाठकले बताउनुभयो । ती होमस्टे निर्माणका लागि सांसद सुरेन्द्र पाण्डेको सांसद विकास कोषबाट १० लाख रुपिया सहयोग प्राप्त भएको उहाँहरुले जानकारी दिनुभयो ।

यस्तै बुढी राप्ती उपभोक्ता समितिले सातलाख र खैरहनी नगरपालिकाले दुई लाख रुपिया सहयोग गरेको छ । अपुग रकम दुई लाखका दरले सञ्चालक आफैँले लगानी गर्ने गरी निर्माण सुरु भएको स्थानीय गोविन्द दराईले बताउनुभयो । होमस्टेका लागि काठपात स्थानीय सामुदायिक वनले उपलब्ध गराउने छ । यसअघि राष्ट्रिय प्रकृति संरक्षण कोष र स्थानीय वनको सहयोगमा यहाँ पाँचवटा दराई होमस्टे निर्माण गरिएका छन् ।

तपाईको प्रतिक्रिया