मधेसी मोर्चा सहितको गठबन्धनले जेठ २ गतेदेखि सिंहदरवार घेर्ने


photo of press release.jpg

काठमाडौं, वैशाख ३१ गते । संघीय गठबन्धन दलमा आवद्ध राजनीतिक दलका नेताहरुले दुईदिने काठमाडौं केन्द्रीत आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । शुक्रबार यहाँ पत्रकार सम्मेलन मार्फत गठबन्धनले कार्यक्रम सार्वजनिक गरेको हो ।

मोर्चाले गर्ने आन्दोलनमा जेठ १ गते काठमाडौं रत्नपार्क शान्तिबाटिकाबाट दिउँसो ३ बजे जनप्रदर्शन गर्ने र जेठ २ गतेदेखि सिंहदरवार घेराउ कार्यक्रम शुरुगर्ने बताएको छ । शान्तिपूर्णरुपमा कार्यक्रम गर्ने बताएको गठबन्धनले सरकारलाई आन्दोलनमा हस्तक्षेप नगर्न आग्रह गरेको छ ।

विगतमा मोर्चा शान्तिपूर्ण आन्दोलनमा रहेकाबेला सत्तापक्ष गम्भीर नभएकैकारण हिंसात्मक हुनपुगेको मोर्चाका नेताले बताएका छन् । तर अहिलेको आन्दोलनलाई हिंसात्मक हुन नदिनप्रति आफूहरु सचेत रहेको गठबन्धनका संयोजक उपेन्द्र यादवले बताउनुभयो । सरकारबाट भर्खरै प्रस्तुत नीति तथा कार्यक्रममा पहिचानलाई वेवास्ता गरिएको आरोप मोर्चाका नेताहरुले लगाएका छन् ।

गठबन्धन दलले उठाएको माग पूरा नहुँदासम्म नियमित संघर्षको कार्यक्रम जारीराख्ने नेताहरुले बताएका छन् । सिंहदरवार घेराउ कार्यक्रम शान्तिपूर्णरुपले हुने गठबन्धनले बताएको छ । आन्दोलन आफूहरुको चाहना नभएर बाध्यता भएको बताउँदै नेताहरुले सरकारले शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरे प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

गठबन्धनमा संघीय समाजवादी फोरम नेपाल, तमलोपा, सदभावना पार्टी, तमसपा, रामसपा, थरुहट तराई पार्टी नेपाल, नेपाल सद्भावना पार्टी, मजफो गणतान्त्रिक, नेपाः राष्ट्रिय पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल लगायतका दलहरु आवद्ध छन् ।

Press Release of Federal Alliance 31 baishakh 2073.rtf

Press Release of Federal Alliance 31 baishakh 2073.rtf2

तपाईको प्रतिक्रिया