काठमाडौँ, वैशाख ३१ गते। व्यवस्थापिका–संसद्ले गैरकानुनी रुपमा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका सांसद ल्हारक्याल लामालाई पदबाट निलम्बन गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद लामाविरुद्ध गैरकानुनी रुपमा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद लामाविरुद्ध गैरकानुनी रुपमा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
संसद्को शुक्रबारको बैठकमा सभामुख ओनसरी घर्तीले लामामाथि लागेको मुद्दाको किनारा नभएसम्म सांसद पदबाट स्वतः निलम्बन हुने कानुनी व्यवस्था अनुरुप उहाँ निलम्बनमा पर्नुभएको जानकारी गराउनुभयो ।
लामा यसअघि एमालेबाट सांसद र राज्यमन्त्रीसमेतको सुविधा उपभोग गरेका थिए । पछि एमाले छाडेर एमाओवादीमा आउँदा पुनः सांसद पद पड्काउन सफल भएका थिए ।