गोत्रबीचको वैवाहिक सम्बन्ध अन्त्यका लागि दहित भेला


Dahit

अविनाश चौधरी
धनगढी, जेठ १ गते । थारु समुदायमा गोत्र पहिचान हुन नसक्दा एकआध घटना गोत्रबीच वैवाहिक सम्बन्ध भएको घटनालाई मध्येनजर गर्दै जनचेतनाका लागि आजभोलि गोत्र भेलाहरु सघनरुपमा हुनेगरेका छन् ।

थारु समुदायभित्रको एउटा दहित समुदायले जनचेतना फैलाउनेगरी शनिबार धनगढी उपमहानगरपालिका कैलालीमा दहित थारु समुदायको भेला आयोजना गरेको छ । गोत्रबीच हाडनाताका सम्बन्ध कायम हुनजाँदा समाजमा नकारात्मक सन्देश जानेभन्दै जनचेतनाका लागि पनि गोत्रहरुको भेला आवश्यक रहेको भेलामा वक्ताहरुले बताउनुभयो ।

थारु समुदायमा गोत्रको पहिचान हुन नसक्दा अधिकांश घटनाहरु गोत्रबीच वैवाहिक घटना हुनेगरेको कतिपयको टिप्पणी हुँदैआएको छ । भुलबस हुने त्यस्ता एकआध घटनाको न्यूनिकरणका लागि यस्ता भेलाहरु हुन अनिवार्य रहेको थारु अगुवाहरुको बुझाई छ । थारुमा करिब अधाईसय उपथर रहेका छन् । एउटै उपथर भएकाहरुले हाडनाताको सम्बन्ध गर्नु हुँदैन ।

dahit1

थारु समुदायभित्र रहेको दहित उपथरका थारुहरुको जिल्ला भेला आज धनगढीमा सम्पन्न भएको छ । ‘सबै दहित गोत्यार एक होऔं’ भन्ने नाराकासाथ धनगढीमा दहितभेला भएको हो ।

वक्ताहरुले दहित–दहित बीचको वैवाहिक सम्बन्ध रोक्नुपर्नेमा विशेष जोड दिनुभयो । उहाँहरुले आफ्नै गोत्रभित्रको वैवाहिक सम्बन्ध कायम गरेमा हाडनाता, स्वास्थ्य र सामाजिक हिसाबले समाजमा नकारात्मक असर पर्न जाने भन्दै दहितबीचको आन्तरिक विवाह रोक्नु पर्ने बताउनुभयो ।

धनगढी उपमहानगरपालिका दहित गोत्यारको अध्यक्ष दलबहादुर दहितको अध्यक्षतामा भएको भेलामा भागवतदास दहित प्रमुख अतिथि हुनुहुन्थ्यो ।

भेलामा धनगढी उपमहानगरपालिकाका सल्लाहकार रामफल दहित, चौधरीप्रसाद दहित, महावीर, धनबहादुर, गर्भुराम ग्वालवंशी दहित, हरिमोहन, दिनेश दहित लगायतले मन्तव्य राख्नु भएको थियो ।

वक्ताहरुले दहित–दहित बीचको वैवाहिक सम्बन्ध रोक्नुपर्नेमा विशेष जोड दिनुभयो । उहाँहरुले आफ्नै गोत्रभित्रको वैवाहिक सम्बन्ध कायम गरेमा हाडनाता, स्वास्थ्य र सामाजिक हिसाबले समाजमा नकारात्मक असर पर्न जाने भन्दै दहितबीचको आन्तरिक विवाह रोक्नु पर्ने बताउनुभयो ।
उहाँहरुले दहित थारुहरुको पहिचान, चालचलन, रीतिरिवाज, संस्कारलाई लीपीबद्ध गर्नु पर्ने विषयमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया