संघीय गठबन्धनको वृहत प्रदर्शन, थरुहट लिएर छाड्ने उदघोष


tharu1

काठमाडौं, जेठ १ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले काठमाडौंमा शनिबार बृहत प्रदर्शन गरेको छ। प्रदर्शनमा थरुहट पक्षधरले थरुहट प्रदेश लिएरै छाड्ने उद्घोष गरेका छन् ।

तत्कालीन राज्य पुनर्संरचना आयोगको प्रतिवेदनलाई बेवास्ता गरेर प्रदेशको सीमांकन गरी संविधान बनाइएको विरोधमा गठबन्धनले प्रदर्शन गरेको बताएको छ ।

tharu2

गठबन्धनले शान्तिबाटिकाबाट भद्रकाली, सहिदगेट, सुन्धारा, न्युरोड, असन हुँदै भोटाहिटीसम्म जुलुस प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताले सरकारविरोधी नारा लगाएका छन्।

tharu

गठबन्धनले पहिचानसहितका प्रदेश सुनिश्चित गर्नका लागि दबाब दिन भन्दै आइतबारदेखि सिंहदरबार घेराउको कार्यक्रम गर्ने बताएको छ ।

उनीहरूले संविधानलाई प्रतिगामी भन्दै पहिचानसहितका प्रदेश नबनाइएसम्म संविधान स्वीकार नगर्ने बताएका छन्। गठबन्धनले पहिचानसहितका प्रदेश सुनिश्चित गर्नका लागि दबाब दिन भन्दै आइतबारदेखि सिंहदरबार घेराउको कार्यक्रम गर्ने बताएको छ ।

गठबन्धले आइतबारदेखि सिंहदरबार घेर्ने कार्यक्रम राखेको छ। संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले धर्ना शान्तिपूर्ण हुने बताउनुभएको छ । सिंहदरवार घेराउ कार्यक्रमलाई प्रभावकारी बनाउन गठबन्धनले सबैमा आग्रह समेत गरेको छ ।

tharu3

तपाईको प्रतिक्रिया