जति राम्रो काम गरेनि उखान टुक्कै देख्ने नजर नै दोषी छ


SAM_4127

काठमाडौं, जेठ १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई केन्द्रीत गरी देश विकासमा लक्षित गरेर नयाँ बजेट ल्याउने तयारी भएको बताउनुभएको छ । कर्मचारीको तलब सुविधा र कार्यालय सञ्चालन गर्नेगरीमात्र यसअघिको बजेट आएकाले देशको विकास हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो ।

युवा संघ नेपालको २६ औं स्थापना दिवसको अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनु   भयो । “अबको बजेट कर्मचारीको तलबभत्ता र कार्यालय सञ्चालनमा मात्र केन्द्रीत हुँदैन, देश विकास, युवा रोजगार र गरिबी हटाउनमा केन्द्रीत हुन्छ” उहाँले भन्नुभयो । वर्तमान सरकारको काम देखेर केही राजनीतिक दल आत्तिएको उहाँले आरोप लगाउनुभयो ।

SAM_4145

“नेपालीको एकता हाम्रो ताकत हो, विविधता हाम्रो सुन्दरता हो” भन्नुहुँदै प्रधानमन्त्री ओलीले सबैको एकता र सहकार्यले नेपाल समृद्ध हुने बताउनुभयो । नयाँ संविधानले सबैको भावना र अधिकारको कदर गरेकाले त्यसको सही कार्यान्वयनले मात्र देश आर्थिक समृद्धिमा लम्कने चर्चा गर्नुभयो ।

पहिचानको कुरा उठाएर जातीयरुपमा नेपाली एकतालाई खल्बल्याउने र भाषिक समुदायबीच झगडा गराउने षडयन्त्र भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले कसैको बहकाउमा नलाग्न आग्रह गर्नुभयो । नेपाललाई समृद्ध बनाउन समस्या छैन, हाम्रो भावना र मन मिलेमा नेपाल समृद्ध हुन्छ उहाँले तर्क गर्नुभयो ।

खास परिस्थितिमा भारतीय राजदूतलाई फिर्ता बोलाइएको उहाँले बताउनुभयो । “हाम्रो राजदूतलाई सरकारले जतिबेला चाहन्छ त्यतिबेला बोलाउन सक्छ, यसलाई दुई देशबीचको सम्बन्ध विग्रियो भन्नु गलत हो” प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्रीकोरुपमा आफूले जति राम्रो काम गरेपनि नेपाली मिडियाले उखान टुक्का सुनायो भनेर एकतर्फी समाचार सम्प्रेषण गरिरहेको प्रति व्यंग्य गर्दै प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम ल्याउँदा पनि उखान टुक्का, भोलि राम्रो बजेट ल्याउँदा पनि उखान टुक्का नदेख्न मिडियाकर्मीलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम ल्याउँदा पनि उखान टुक्का, भोलि राम्रो बजेट ल्याउँदा पनि उखान टुक्का नदेख्न मिडियाकर्मीलाई आग्रह गर्नुभयो ।

युवाहरुलाई स्वरोजगार बनाउन शैक्षिक प्रमाणपत्रको आधारमा ऋण उपलब्ध गराउने प्रतिवद्धता जनाउनुहुँदै उहाँले युवा विद्यार्थी कसैलाई अव बेरोजगार बस्नु नपर्ने तर्क गर्नुभयो । बैंकमा शैक्षिक प्रमाणपत्र राख्नुस्, मनपरेको व्यवसाय व्यापार गर्नुस् ओलीले युवाहरुलाई आग्रह गर्नुभयो । लोकप्रिय कार्यक्रम भएकाले केही राजनीतिकदलले विरोध शुरुगरेको उहाँले टिप्पणी गर्नुभयो ।

दश वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने योजनासहित सरकार अघि बढेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले उत्तर–दक्षिण ट्रान्समिसन लाइन बनाएर चीन, भारत र बंगलादेशसम्म विजुली विक्री गर्ने योजना सुनाउनुभयो । नेपाललाई केही समयमै डिजिटल प्रविधिमा लैजाने बताउँदै प्रधानमन्त्री ओलीले भविष्यमा नेपालका सरकारी कार्यालयमा कागजको फाइललाई कम्प्यूटर प्रविधिले विस्थापित गर्ने दावी गर्नुभयो ।

नेपालमा रेलसेवा सुचारु र विस्तार गर्ने योजनासाथ सरकार अगाडि बढेकाले रेल सेवाकालागि स्वदेशभित्र आन्तरिक लगानी र विदेशबाट आउने रेलको सहयोग चीन र भारतले नै गर्ने बताउनुभयो । भौगोलिक हिसावले ८० वटा गा.वि.स.मा गाडी पु¥याउन सक्ने अवस्था नरहेपनि बाँकी सबै जिल्ला र गावि.स.मा मोटर लैजाने तयारी सरकारले गरेको उहाँले चर्चा गर्नुभयो ।

युवा संघ नेपालका संस्थापक अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले युवा संघ, नेतृत्व जन्माउने कारखाना भएको बताउनुभयो । युवा संघका नेतृत्व गर्ने मुलुकको महत्वपूर्ण ओहदामा पुगेको बताउँदै उहाँले युवा संघ शक्तिको स्रोत भएकाले त्यसलाई कसैले अल्मल्याउन नसक्ने दावी गर्नुभयो ।

शान्तिपूर्ण आन्दोलन गर्न सबैलाई छुट छ, शान्तिपूर्ण गर्नुस पानी लिएर हामी नै सम्मान गर्न पुग्छौं, आन्दोलनको नाममा अराजकता नगर्नुस् पहारीले आन्दोलनकारीलाई आग्रह गर्नुभयो ।

युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले संघीय गठबन्धनको नाममा काठमाडौंमा आन्दोलन जारी भएकाले त्यसलाई शान्तिपूर्ण बनाउन आग्रह गर्नुभयो । संविधान विरोधी गतिविधि भए युवासंघ टुलुटुलु हेरेर नबस्ने उहाँले चेतावनी दिनुभयो । शान्तिपूर्ण आन्दोलन गर्न सबैलाई छुट छ, शान्तिपूर्ण गर्नुस पानी लिएर हामी नै सम्मान गर्न पुग्छौं, आन्दोलनको नाममा अराजकता नगर्नुस् पहारीले आन्दोलनकारीलाई आग्रह गर्नुभयो ।

संघका वरिष्ठ उपाध्यक्ष दिलु पन्तले पहिचान र मधेसको अधिकारको नाममा मुलुकमा विखण्डन ल्याउनेखालको आन्दोलन नगर्न आन्दोलनरत दललाई आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा (एमाले) का उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल सहित अन्य नेता, सरकारका मन्त्री तथा विद्यार्थी युवाहरुको सहभागिता थियो ।

स्थापना दिवसको अवसरमा युवा संघ नेपालले रक्तदान, निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम गरेको छ । कार्यक्रममा ख्यातिप्राप्त कलाकारको प्रस्तुति समेत रहेको थियो ।

तपाईको प्रतिक्रिया