पूर्ण संघीयतामा जानु देशको हितमा छैनः एमाले उपाध्यक्ष गौतम


SAM_4194

काठमाडौं, जेठ ३ गते । नेकपा (एमाले) का उपाध्यक्ष तथा अखिल नेपाल किसान महासंघका अध्यक्ष बामदेव गौतमले पूर्ण संघीयतामा जान नसकिने बताउनुभएको छ । उहाँले संरचना संघीयताको र विकेन्द्रीकरणलाई पूर्णतः कार्यान्वयन गरेर नै नेपालको हितमा रहेको बताउनु  भयो ।

मदन–आश्रितको २३ औं स्मृति दिवसको अवसरमा सोमबारदेखि शुरुभएको अखिल नेपाल किसान महासंघको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटनसत्रमा बोल्दै उपाध्यक्ष गौतमले त्यस्तो बताउनुभयो । संघीयतालाई देश विखण्डन गर्ने अस्त्रकोरुपमा केही तत्वले दुरुपयोग गरिरहेकाले पूर्ण संघीयतामा जान नहुने तर्क गर्नुभयो ।

“विकेन्द्रीकरणमा जाउँ, संघीयतामा देश जान सक्दैन” भन्नुहुँदै उपाध्यक्ष गौतमले भन्नुभयो, “संरचनागत संघीय प्रणाली गरेर, सारमा विकेन्द्रीकरण गरेर जाँदा राम्रो हुन्छ ।” मधेसवादी दलले संघीयता र पहिचानका नाममा तराईलाई अलग राष्ट्र बनाउने कसरतमा लागेकाले त्यसलाई कुनै हालतमा स्वीकार गर्न नसकिने उहाँले बताउनुभयो ।

SAM_4199

नेपालमा कहीं मधेस भूभाग नरहेको तर तराईलाई जवर्जस्ती ‘मधेस’ भनेर गलत अभ्यास गरिएको उहाँले बताउनुभयो । “नेपाली भूभागमा मधेस छँदैछैन, हुन पनि सक्दैन” भन्नुहुँदै उहाँले नेपाल र भारतबीचको सम्बन्ध कहिल्यै प्रगाढ पनि हुन नसक्ने तर्क गर्नुभयो । विभिन्न नाममा भारतले नेपालमा चलखेल गर्दैआएको उहाँले आरोप लगाउनुभयो ।

नेपाल र भारतबीच यसअघि भएको १९५० को सन्धी खारेज नहुँदासम्म विभिन्न नाममा समस्या आइरहने तर्क गर्नुहुँदै उहाँले सो सन्धीको पूर्णतः खारेज गर्न माग गर्नुभयो । मधेसी दलको आन्दोलन तराईको पक्षमा नरहेको दावी गर्नुहुँदै उहाँले विश्वभरका देशले नेपालको संविधानलाई स्वागत गरे तर भारतले नगर्नुको कारण के हो ? जिज्ञासा गर्नुभयो ।

नेपाल र भारतबीच यसअघि भएको १९५० को सन्धी खारेज नहुँदासम्म विभिन्न नाममा समस्या आइरहने तर्क गर्नुहुँदै उहाँले सो सन्धीको पूर्णतः खारेज गर्न माग गर्नुभयो ।

अहिले मुलुक इतिहासकै कठिन र जटिल अवस्थामा आइपुगेको छ, मधेसवादी दलको नाममा देशलाई विखण्डन गर्ने दुस्प्रयास भइरहेको छ चर्चा गर्दै उपाध्यक्ष गौतमले भन्नुभयो, “देशभित्र र बाहिर प्रतिक्रियावादीहरुले नेपाललाई समाप्त पार्ने खेल खेलिरहेका छन् ।” राष्ट्रिय स्वाभिमानका लागि कसैसँग आत्मसमर्पण गर्न नसकिने उहाँले प्रष्ट पार्नुभयो ।

महासंघका सहअध्यक्ष केशवलाल श्रेष्ठले कृषि क्रान्तिको पक्षलाई थप समृद्ध बनाउन तीन दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु गरिएको बताउनुभयो । सो कार्यक्रमलाई केन्द्र, प्रदेश र जिल्लामा विस्तार गरी कृषि क्रान्तिको पक्षमा महासंघले भूमिका खेल्ने बताउनुभयो । प्रशिक्षण कार्यक्रमले महासंघको व्यवस्थापकीय पक्षलाई पनि सबल बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा महासंघका उपाध्यक्ष हरि पराजुलीले नेपालमा कृषिक्रान्तिको कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्नु   भयो । उहाँले कृषि मानव चेतनाको प्राथमिक पाठशाला भएको र आजको मानव सभ्यताको प्रमुख कारक पनि कृषि नै भएको बताउनुभयो । सो कार्यपत्रमाथि स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले टिप्पणी गर्नुभयो । उहाँले कृषिलाई आजको आवश्यकताअनुसार सुधारको खाँचो औल्याउनुभयो ।

त्यस्तै, अर्थविद गोविन्द नेपालले कृषिक्रान्ति र नेपालको समृद्धिको विषयमा अर्को कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्रमाथि अर्थविद डा. विजय पौडेलले टिप्पणी गर्नुभएको थियो । कृषिप्रधान मुलुकमा कृषिलाई देशको प्रमुख आयको श्रोत बनाउन सकेमात्र देश आत्मनिर्भर हुनसक्ने बताउँदै उहाँहरुले कृषिमा राज्यको लगानी तथा आधुनिकिकरणको आवश्यकता औल्याउनुभयो ।

सोमबारदेखि शुरुभएको प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुधबारसम्म चल्ने छ । कार्यक्रममा काठमाडौं उपत्यकाका तीन जिल्लाका ४२ जना अगुवा कृषकहरुको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया