मधेसीहरुको माग अब एक प्रतिसत पनि बाँकी छैनः पर्यटनमन्त्री पोखरेल


ananda prashad pokhrel

काठमाडौ, ३ जेठ । सस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्दप्रसाद पोख्रेलले आन्दोलनरत मधेसी मोर्चाले उठाएको कुनै पनि माग पुरा गर्न बाँकी नरहेको दावी गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, ‘मधेसी मोर्चाको एक प्रतिसत माग पनि पुराहुन बाँकी   छैन । उहाँहरुको आग्रह मात्रै हो ।’

साक्षात्कारमा मन्त्री पोख्रेलले आन्दोलनकारीले मागेजस्तो मधेसमा दुई प्रदेश हुनेगरी सिमांकन गर्न नसकिने प्रष्ट पार्नुभयो । हिमाल, पहाड र तराई छुट्याएर प्रदेश बन्न सक्दैन, उहाँले भन्नुभयो ।

मन्त्री पोख्रेलले आन्दोलनकारीले मागेजस्तो मधेसमा दुई प्रदेश हुनेगरी सिमांकन गर्न नसकिने प्रष्ट पार्नुभयो । हिमाल, पहाड र तराई छुट्याएर प्रदेश बन्न सक्दैन, उहाँले भन्नुभयो ।

संघीय गठबन्धनले जारी राखेको सिंहदरवार घेराउ लगायतका आन्दोलनले नेपालको पर्यटन क्षेत्रलाई असर नपार्ने दावी गर्दै मन्त्री पोखरेलले भन्नुभयो, ‘नेपालको पर्यटनक्षेत्र आन्दोलनबाट अभ्यस्त भइसक्यो । यसले अब केही असर गर्दैन । पर्यटन सजिलोको लागि मात्रै हुँदैन खतराको लागि पनि हुन्छ ।’

मन्त्री पोख्रेलले सरकारले जेठ ६ बाट ८ गतेसम्म गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिष्टगोष्ठी बुद्ध नेपालमा जन्मिएका हुन भन्ने मात्रै नभई बुद्ध दर्शनको उदगम स्थान नै नेपाल भएको पुष्टि गर्ने बताउनुभयो । गोष्ठीमा यसै विषयमा छलफल भएर घोषणापत्र समेत जारी हुने उहाँले जानकारी दिनुभयो ।

बुद्ध जन्मेका मात्रै होईन, जन्मिने वित्तिकै केही पाइला हिडे, त्यो दैवीय शक्तिकै कारण हो । उनले केवल बौद्धगयामा आफूले बुद्धत्व प्राप्त गरेको घोषणा मात्रै गरेका हुन् मन्त्री पोखरेलले भन्नुभयो । त्यस्तै बुद्धका पहिलो चेला पञ्चबुद्ध कपिलबस्तुकै रहेको उहाँले बताउनुभयो । महिला भिक्षु उनकै श्रीमति थिइन, त्रिरत्न र तीनयाद नेपालबाटै सुरु भएको हो, त्यसैले हामी चुकेका छौ । बुद्धत्वको उद्गभ भूमि नेपाल नै हो । गोष्ठीले यही कुरा पुष्टि गर्छ’ मन्त्री पोखरेलले भन्नुभयो ।

महिला भिक्षु उनकै श्रीमति थिइन, त्रिरत्न र तीनयाद नेपालबाटै सुरु भएको हो, त्यसैले हामी चुकेका छौ । बुद्धत्वको उद्गभ भूमि नेपाल नै हो ।

मन्त्री पोख्रेलले बौद्धगया बुद्धले बुद्धत्व प्राप्त गरेको नभई बुद्धत्व प्राप्तिको घोषणा गरेको स्थानमात्रै भएको दावी गर्नुभयो । बुद्धत्वको उदगमथलो नेपाल भएको मान्यता स्थापित गर्नसके यसले नेपालको पर्यटनक्षेत्रमा आमुल विकास गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

अन्तर्राष्ट्रिय बुद्धिष्ट गोष्ठीमा अहिलेसम्म २१ मुलुकका भिक्षुहरु आउने निश्चित भइसकेको र सरकारले निम्तागरेको सबै मुलुकबाट सरकारी प्रतिनिधि र भिक्षुहरु आउने जानकारी दिदै भारतबाट दुईजना सरकारी अधिकारीसहित भिक्षुहरु, चीनबाट सरकारी अधिकारीसहित २६ भिक्षुहरु, श्रीलंकाबाट सस्कृति मन्त्री र भिक्षुहू, थाईलैण्ड, जापान, बर्मा, अमेरिका, बेलायत, लिथुवानीया लगायतका मुलुकबाट सरकारी अधिकारीहरु सहभागि हुने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया