गठबन्धन दलको थप १२ दिने आन्दोलनको कार्यक्रम सार्वजनिक


SAM_4232

काठमाडौं, जेठ ५ गते । संघीय गठबन्धनले १२ दिने थप दोस्रोचरणको आन्दोलन घोषणा गरेको छ । उपत्यका केन्द्रित १० दिने र उपत्यकाबाहिर बिरगञ्ज र पोखरामा दुई दिन आन्दोलनको घोषणा गरेको हो ।

आन्दोलनका क्रममा जुलुस, र्याली र विरोध सभाहरुसहितका आन्दोलन कार्यक्रमहरु आयोजना हुने गठबन्धन दलका नेताहरुले बताएका छन् ।

संघीय गठबन्धन संयुक्त राष्ट्रिय आन्दोलन मूल परिचालन समितिका संयोजक तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बुधबार बसेको बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । समाजवादी फोरमको केन्द्रीय कार्यालय तीनकुनेमा बुधबार विहान बैठक बसेको थियो ।

संघीय गठबन्धनले जारी रहेको आन्दोलनलाई संविधान पुनर्लेखन गरी मधेशी, आदिवासी जनजाति, खस समुदाय, शिल्पी समुदाय (दलित), थारु, अल्पसंख्यक समुदाय, मुश्लिम, महिला, पिछडावर्ग, सीमान्तकृत समुदाय, लोपोन्मुख जातरजातिलगायत बहिष्करणमा पारिएकारपरेका समुदायहरुको मुद्दाहरुलाई सम्बोधन गर्न माग गरेको छ । माग पूरा नगरुन्जेलसम्म निरन्तर रुपमा आन्दोलन जारी नै राख्ने बैठकले निर्णय गरेको आन्दोलन घोषणाको विज्ञप्तीमा छ ।ँ

जेठ ६ गतेदेखि १७ गतेसम्मको चरणबद्ध आन्दोलनको कार्यक्रम उपत्यकाको १० स्थानमा विरोध सभाहरु गरिने बताएको छ । जुलुससहितका सबै विरोध सभाहरु ३ बजेपछि तय गरिएको बताइएको छ ।

जेठ ६ गतेदेखि १७ गतेसम्मको चरणबद्ध आन्दोलनको कार्यक्रम उपत्यकाको १० स्थानमा विरोध सभाहरु गरिने बताएको छ । जुलुससहितका सबै विरोध सभाहरु ३ बजेपछि तय गरिएको बताइएको छ ।

काठमाडौंको नयाँ बानेश्वर, स्वयम्भू, चावहिलचोक, कीर्तिपुर–नयाँबजार, बालाजु बाइपास, कंलकी, बसन्तपुर–जुद्ध शालिक, भक्तपुरको भक्तपुर–न्यात्पोल, मध्यपुर ठिमी र ललितपुरको मंगलबजारमा जेठ ६ गतेदेखि १५ सम्मका कार्यक्रम स्थलहरु निश्चित गरिएको गठबन्धनको विज्ञप्तीमा उल्लेख छ ।

त्यसैगरी उपत्यकाबाहिर विरगञ्ज र पोखरामा जेठ १६ र १७ गते विरोध सभहरु हुने बताइएको छ । मधेसी लोकतान्त्रिक मोर्चासहितको २९ दलीय गठबन्धनले जेठ १ गतेदेखि उपत्यका केन्द्रित आन्दोलन गर्दै आएको छ । संविधान जारी हुनुअघि साउन ३० गतेदेखि नै २९ दलमा सम्बद्ध अधिकांश दलहरु आन्दोलनमा थिए । मधेसी लोकतान्त्रिक मोर्चामा सम्बद्ध दलहरुले अनिश्चितकालीन मधेस÷तराईमा आम हड्तालदेखि नाकामा धर्ना समेत बसेका थिए ।

उपत्यकाबाहिर विरगञ्ज र पोखरामा जेठ १६ र १७ गते विरोध सभहरु हुने बताइएको छ । मधेसी लोकतान्त्रिक मोर्चासहितको २९ दलीय गठबन्धनले जेठ १ गतेदेखि उपत्यका केन्द्रित आन्दोलन गर्दै आएको छ ।

६ महिना लामो मधेस आन्दोलनमा ५८ जनाको ज्यान गएको थियो । संयौं घाइते र अंगभंग भएका थिए । जारी आन्दोलन राष्ट्रिय एकीकरण आन्दोलन भएको समेत उनीहरुको दाबी छ ।

धेसी, आदिवासी जनजाति, शिल्पी (दलित), मुस्लिम, खस, महिला, उत्पीडित क्षेत्रका जनताको मुद्दहरुलाई सरकार पुरै वेवास्ता गरिरहेको समेत आन्दोलनरत दलहरुले आरोप लगाएका छन् ।

सरकार वार्ताको नाटक मात्र गरेर जनताालाई भ्रममा पारिरहेको संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउतले आरोप लगाए । ‘वार्तामा सरकारका प्रतिनिधिहरु गैरजिम्मेवार बोली र व्यवहार देखाउँछन् राउतको आरोप छ । ३६ पटक वार्तामा बसियो । तर सरकार वार्ताको वातावरण बनाउनुको सट्टा बिर्गानका लागि उत्तेजित बनायो राउतको आरोप छ ।

Tharuhat

तपाईको प्रतिक्रिया