थरुहट संघर्ष समितिले सहजीकरणमा राष्ट्र संघलाई गुहार्ने


TKS

काठमाडौं, जेठ ५ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले जारी थरुहट आन्दोलनको सहयोग, सहजीकरण र प्राविधिक सहयोगका लागि संयुक्त राष्ट्र संघसँग आग्रह गर्ने निर्णय गरेको छ ।

संघर्ष समितिको हालै बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकले भारत र युरोपियन युनियनको थारु प्रतिको सद्भाव सहितको विज्ञप्तीको स्वागत गरेको छ ।

त्यस्तै, बैठकले संघर्ष समितिको निर्णय विना नै थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारु तथा सचिव मिनराज थारुले थरुहट संघर्ष समितिका आन्दोलनलाई गठबन्धन दलमा सहभागी गराएकोप्रति आपत्ति जनाउँदै समितिको भावना र मर्म विपरित रहेको ठहर गरेको छ ।

संघर्ष समितिको निर्णय विना नै आन्दोलनमा सहभागी भई थारुमा भ्रम फैलाउने काम गरेकाले अध्यक्ष र सचिव थारुलाई धन्यवाद सहित संघर्ष समितिबाट निष्काशन गर्ने निर्णय गरेको छ ।

कारवाहीमा पर्नुभएका मिनराज थारुले आफूहरु समितिको तर्फबाट नगई थरुहट तराई पार्टी नेपालको तर्फबाट गठबन्धनको आन्दोलनमा सहभागी भएको बताउनुभयो ।

संघर्ष समितिका केन्द्रीय संयोजक धनीराम चौधरीको अध्यक्षतामा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । सोहीअनुसार बैठकले जेठ ९ र १० गने केन्द्रीय भेला गर्ने निर्णय पनि गरेको छ ।

तर कारवाहीमा पर्नुभएका मिनराज थारुले आफूहरु समितिको तर्फबाट नगई थरुहट तराई पार्टी नेपालको तर्फबाट गठबन्धनको आन्दोलनमा सहभागी भएको बताउनुभयो । सस्तो लोकप्रियताका लागि कारवाहीको निर्णय गरिएको भन्दै उहाँले स्पष्टीकरण, सफाईको मौका नै नदिई कारवाही गरिनु गम्भीर त्रुटी भएको बताउनुभयो ।

हेर्नुहोस निर्णयको पूर्णपाठ

Tharu St. com.

तपाईको प्रतिक्रिया