प्रेस चौतारी नेपालमा दुई थारु सर्वसम्मत निर्वाचित


 Sabin

काठमाडौं, जेठ ७ गते । नेकपा (एमाले) समर्थित प्रगतिशील पत्रकारको साझा संगठन प्रेस चौतारी नेपालको केन्द्रमा एक पदाधिकारी र एक केन्द्रीय सदस्यसहित दुईजना सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रदेश नम्बर ५ बाट उपाध्यक्षमा दाङका सविन प्रियसन चौधरी र थारु कोटा केन्द्रीय सदस्यमा वर्दियाका मानबहादुर चौधरी सर्वसम्मत हुनुभएको हो । उपाध्यक्ष चौधरी विहिबार राती नै सर्वसम्मत हुनुभयो भने केन्द्रीय सदस्य चौधरी शुक्रबार सर्वसम्मत हुनुभयो ।

Man bdr

थारु कोटाको केन्द्रीय सदस्यमा दुईजना थारुको उम्मेदवारी परेको थियो । तर सघन छलफल र संवादपछि रौतहटका प्रमोदकुमार चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएपछि मानबहादुर सर्वसम्मत हुनुभएको हो ।

चौतारीको केन्द्रीय प्रतिनिधिमा १० जना थारु प्रतिनिधि हुनु   हुन्छ । त्यसमा केन्द्रबाट लक्की चौधरी, रौतहटबाट प्रमोद चौधरी, उदयपुरबाट रविन्द्र चौधरी, दाङबाट सविन र सुनिता चौधरी, वर्दियाबाट ठाकुरसिंह थारु, मानबहादुर, कैलालीबाट दीपा चौधरी, कञ्चनपुरबाट हेमन्ती चौधरी र रामचन्द्र कुश्मी प्रतिनिधि हुनु  हुन्थ्यो ।

चौतारीको केन्द्रीय प्रतिनिधिमा १० जना थारु प्रतिनिधि हुनुहुन्छ । त्यसमा केन्द्रबाट लक्की चौधरी, रौतहटबाट प्रमोद चौधरी, उदयपुरबाट रविन्द्र चौधरी, दाङबाट सविन र सुनिता चौधरी, वर्दियाबाट ठाकुरसिंह थारु, मानबहादुर, कैलालीबाट दीपा चौधरी, कञ्चनपुरबाट हेमन्ती चौधरी र रामचन्द्र कुश्मी प्रतिनिधि हुनुहुन्थ्यो ।

चौतारीको केन्द्रीय अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा माधवकुमार नेपाल, प्रदेश नम्बर १ बाट उपाध्यक्षमा लिला भट्टराई, प्रदेश नं. २ बाट लालबाबु सेख, प्रदेश नं. ३ बाट विश्वमणि सुवेदी, प्रदेश नं. ४ बाट गणेश पाण्डे, प्रदेश नं. ५ बाट सविन प्रियसन, प्रदेश नं. ६ बाट वीरबहादुर गिरी र प्रदेश नं ७ बाट नरेन्द्र साउँद सर्वसम्मत हुनुभएको छ ।

त्यस्तै, महासचिवमा राजेश राई, महिला उपाध्यक्षमा टीका विष्ट, समावेशी उपाध्यक्षमा सइन्द्र राई, उपमहासचिवमा रामकुमार एलन र हिरामान लामा निर्वाचित हुनुभएको छ ।

त्यस्तै सचिवहरुमा शुरोजंग पाण्डे, अमृत तिमिल्सिना, भरत केसी, रामकृष्ण शर्मा, देवकी घर्तीमगर, मधेसी सचिवमा भउचप्रसाद यादव, दलित सचिवमा हेमकर्ण विक, कोषाध्यक्षमा इन्द्र आचार्य, अनुशासन आयोगमा जे. पाण्डे र लेखा आयोगमा विक्रम लुइटेल सर्वसम्मत हुनुभएको छ ।

५७ वटा केन्द्रीय सदस्यमा प्रदेशबाट प्रतिनिधित्व गर्ने अधिकांश सदस्यहरु सर्वसम्मत भइसक्नुभएको छ । खुलाबाट उम्मेदवारी दिएकाहरुको सहमतिको प्रयास जारी छ । सहमति नभए शुक्रबार रातीसम्म निर्वाचन गराउने तयारी पनि निर्वाचन मण्डलले गरेको छ । जेठ ६ बाट शुरुभएको चौधरीको आठौं अधिवेशन शनिबारसम्म चल्ने छ । चौतारीमा ७५ वटै जिल्लाका करिब सातसय प्रतिनिधि रहनुभएको छ ।

तपाईको प्रतिक्रिया