आन्दोलनरत दललाई वार्ता र संवादमा आउन सरकारको पुनः आव्हान


SAM_4323

काठमाडौँ, जेठ ७ गते। सरकारले आन्दोलनरत मधेशी मोर्चासहितको गठबन्धन दलहरुलाई वार्ता र संवादमा आउन पुनः आव्हान गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको तर्फबाट अधिकतम लचकताकासाथ आन्दोलनरत मोर्चा आबद्ध दलहरुलाई वार्ता र संवादका लागि पुनः आव्हान गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

आन्दोलनरत पक्षका मागलाई वार्ता, संवाद र सहमतिबाटै निकासमा पुगेर समाधान खोजी राष्ट्रिय पुनःनिर्माण र संविधानको कार्यान्वयनलगायत महत्वपूर्ण कामहरुमा केन्द्रित हुन पनि बैठकले सबैलाई आग्रह गरेको उहाँले बताउनुभयो ।

“सरकारले मधेशी मोर्चासहितका दललाई विगतमा पनि पटक–पटक लिखितरुपमा वार्ता र संवादमा बसी उपयुक्त निकासका लागि आग्रह गरिसकेको सन्दर्भमा फेरि एकपटक अधिकतम लचकताका साथ सरकार सबै कुरा सुन्न तयार छ उहाँले भन्नुभयो ।

तत्कालै निकासमा पुगेर राष्ट्रिय पुनःनिर्माण र संविधानको कार्यान्वयन लगायतका विषयमा केन्द्रित हुन सरकारले सबैलाई आग्रह गरेको छ,”– सञ्चारमन्त्री राईले भन्नुभयो ।

तत्कालै निकासमा पुगेर राष्ट्रिय पुनःनिर्माण र संविधानको कार्यान्वयन लगायतका विषयमा केन्द्रित हुन सरकारले सबैलाई आग्रह गरेको छ,”– सञ्चारमन्त्री राईले भन्नुभयो ।

सरकारले भर्खरै श्रीलङ्कामा गएको बाढी, पहिरोबाट भएको क्षतिको अवस्थालाई ध्यानमा राखी नेपाल सरकारको तर्फबाट एक लाख अमेरिकी डलर बराबरको सहयोग गर्ने निर्णय गरेको छ ।

त्यसैगरी लुम्बिनी अञ्चल अस्पताललाई १०० शैयाबाट ३०० शैयाको अस्पतालमा स्त्तरोन्नति गर्ने निर्णय गरेको सञ्चारमन्त्री राईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया