नागरिक समाजवादी पार्टी झापादेखि कञ्चनपुरसम्म विस्तार


Nagarik

काठमाडौं, जेठ ८ गते । राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टी झापादेखि कञ्चनपुरसम्म जिल्ला शाखा विस्तार गरेको छ । तराईका एक दुई जिल्ला बाहेक मकवानपुरमा समेत सो पार्टीले शाखा विस्तार गरेको छ ।

सो पार्टीका केन्द्रीय संयोजक लेखीका अनुसार शुक्रबार दीपा चौधरीको संयोजकत्वमा ३३ सदस्यीय कैलाली जिल्ला कमिटी गठन गरेको छ । शनिबार कञ्चनपुरमा जिल्ला कार्य समिति गठन गरिएको छ । सो पार्टीका प्रवक्ता राज थारुका अनुसार माया चौधरीको संयोजकत्वमा कञ्चनपुर जिल्ला कमिटी गठन गरिएको हो ।

Nagarik1

गत फागुन २७ गते काठमाडौंमा २७ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको सो पार्टीले केन्द्रीय कमिटी विस्तारसँगै धमाधम जिल्ला कमिटी गठनको अभियान शुरुगरेको छ । संयोजक लेखीका अनुसार तराईमा जिल्ला कमिटी गठनसँगै अन्य पहाडी जिल्लामा समेत अभियान शुरु गरिने छ । अवको १० दिनमा तराईका सबै जिल्लामा कमिटी गठन गरिसक्ने उहाँले जानकारी दिनुभयो ।

यसअघिसम्म नेकपा (एमाले) समर्थित लेखीले नेपाल नागरिक पार्टी गठन गरेर आफ्नै नेतृत्वमा राजनीतिक दल गठनको शुरुवात गर्नुभएको थियो । अहिले उहाँले सोही पार्टीलाई पुनर्गठित गरेर नागरिक समाजवादी पार्टी गठन गर्नुभएको छ ।

थारु कल्याणकारिणीसभाका सचिवालय सदस्यसमेत रहनुभएका नेता लेखी आदिबासी जनजाति महासंघको केन्द्रीय अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ । यसअघिसम्म नेकपा (एमाले) समर्थित लेखीले नेपाल नागरिक पार्टी गठन गरेर आफ्नै नेतृत्वमा राजनीतिक दल गठनको शुरुवात गर्नुभएको थियो । अहिले उहाँले सोही पार्टीलाई पुनर्गठित गरेर नागरिक समाजवादी पार्टी गठन गर्नुभएको छ ।

थारु नेताकोरुपमा छवि बनाउनुभएका लेखीले थरुहटको माग मुद्दालाई सम्बोधन गराउन अभियानलाई तिव्र पारेको बताउनुभयो । थारु नेताहरुबीच पटक पटक तिक्तता र मतभेद देखिएपनि नेता लेखीले विरोधको पछि नलाग्ने बताउँदै आउनुभएको छ । थारु कल्याणकारिणीसभाको नेतृत्वमा नभएपनि सभालाई आफ्नै नियन्त्रणमा राख्ने क्षमता राख्दै आउनुभएका लेखीले पछिल्लो पटक पार्टी विस्तारमा जिल्ला दौडाहामा रहनुभएको छ ।

थरुहटको माग मुद्दा प्राप्ती नहुँदासम्म आफू चुप नबस्ने उहाँले प्रतिवद्धता सुनाउनु भयो । थारुहरुबीच एकताको अपरिहार्यता रहे पनि साना साना विषयमा थारुबीच फुट आउने र आशंका बढ्ने अवस्था सृजना हुनु विडम्बना भएको तर्क गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया