२५६० औं बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा विशेष कार्यक्रम


lumbini3

काठमाडौँ, जेठ ८ गते । आज महामानव शान्तिका अग्रदूत गौतम बुद्धको २५६० औं जन्मदिन। गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सरकारले विशेष कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगातका नेताहरु लुम्बिनी पुग्ने कार्यक्रम तय भएको छ ।

lumbini4

यसअघि काठमाडौंमा नेपाल सरकार, पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोष तथा भिक्षुहरुको सहकार्यकमा काठमाडौंमा दुईदिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गरिएको थियो।

२५६० औ बुद्धजयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण बौद्ध धर्मावलम्बीलगायत शाक्यमुनि बुद्धको भ्रातृत्व, शान्ति, अहिंसा र करुणामा विश्वास राख्ने स्वदेश तथा विदेशमा रहेका सबै महानुभावमा शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले सन्देश दिँदै विविध जातजाति, भाषाभाषी, र धार्मिक तथा साँस्कृतिक सम्प्रदायबीच सहिष्णुता कायम गरी राष्ट्रिय एकतालाई बलियो बनाउने अभियानमा सिद्धार्थ गौतमबुद्धका उपदेश तथा मार्गदर्शन सबैका लागि प्रेरणादायी एवम् अनुकरणीय रहेको उल्लेख गर्नुभएको छ ।

lumbini1

बौद्धदर्शनलाई जीवनमा आत्मसात् गर्दै स्थापित चार आर्य सत्यलाई अङ्गीकार गर्नसके आन्तरिक शान्ति प्रवर्दन हुने उहाँको भनाइ छ। गौतमबुद्धको सदभाव, मेलमिलाप र सहअस्तित्वको भावनाले हामीलाई निरन्तर प्रेरित गरिरहेको उल्लेख गर्दै सन्देशमा राष्ट्रपति भण्डारीले अशान्ति, हिंसा र द्वन्द्वले आक्रान्त आजको विश्वमा शान्तिदूत बुद्धले अवलम्बन गरेको अहिंसावादी सिद्धान्त अझ बढी उपयोगी र सान्दर्भिक रहेको बताउनुभएको छ ।

यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले शान्ति, अहिंसा र सदाचारका आदिपुरुष बुद्धले देखाउनुभएको सदमार्ग हामी सबैका लागि सदैव अनुकरणीय रहेको बताउनुभएको छ। उहाँले विश्वभरका मानिस भौतिक र आत्मिक सुख शान्तिको खोजीमा रहेको वर्तमान विश्वसन्दर्भमा गौतम बुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्व वचनहरुको महत्व र सान्दर्भिकता अझै बढ्दै गएको उल्लेख गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धजयन्तीमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले बुद्धले अपनाएको शान्ति, सद्भाव र अहिंसावादी दर्शन विश्वकै लागि अनुकरणीय भएको बताउनुभएको छ ।

@%^) cf}F a'4hoGtLsf cj;/df n'lDagL k'Ug'ePsf /fi6«klt ljBfb]jL e08f/L dfofb]jLsf] dlGb/cufl8 . tl:a/ sflnsf v8sf /f;;, n'lDagL
प्रधानमन्त्री ओलीले लुम्बिनीलाई विश्वसामु चिनाउन युनेस्कोले सन् १९९७ मै विश्व सम्पदासूचीमा राखिसकेकाले कसैलाई बुद्ध र लुम्बिनीबारे भ्रममा नपर्न सबैमा आग्रह गर्नुभएको छ ।

लुम्बिनीमा आयोजित विशेष कार्यक्रमको उदघाटन राष्टपति विद्या भण्डारीले गर्ने कार्यक्रम छ । त्यसकालागि उहाँ विशेष हेलिकप्टरबाट लुम्बिनी पुग्नुभएको छ ।

तपाईको प्रतिक्रिया