धनगढीका थुनुवाले भने ‘जेलमा भएपनि हिम्मत हारेका छैनौं’


16

धनगढी, जेठ ९ गते । गत भाद्र ७ गते कैलालीको टीकापुर घटनापछि धनगढी जेलमा कैद रहेका थारु प्रतिनिधिहरुले जेलमा भएपनि हिम्मत नघटेको बताएका छन् । थरुहट मागका लागि सबै थारुको एकता गर्न उनीहरुको सामुहिक आग्रह छ ।

थारु कल्याणकारिणीसभाका पूर्व केन्द्रीय महामन्त्री तथा हालका सचिवालय सदस्य राजकुमार लेखीसँग शनिबार धनगढी कारागारमा छलफल गर्दै थुनुवा थारु प्रतिनिधिहरुले त्यस्तो बताएका हुन् । आन्दोलनलाई अगाडि बढाउन मागगर्दै थुनुवाहरुले हिम्मत नहार्न थारु समुदायलाई आग्रह गरेको नेता लेखीले जानकारी दिनुभयो ।

जेलमा परेपछि घरबार, खेतीपाती सबै लथालिङ्ग भएको र बालबच्चाको पढाई समेत समस्यामा परेको गुनासो सुनाउँदै थुनुवाहरुले बालबच्चाको पठनपाठनको व्यवस्था मिलाइदिन नेता लेखीसँग आग्रह गरेका छन् । “घरव्यवहार चलाउने घरमुली नै जेलमा परेपछि घरपरिवारका सदस्यको विचल्ली भएको छ, तर हामी हिम्मत हारेका छैनौं” उनीहरुको कुरा थियो ।

“घरव्यवहार चलाउने घरमुली नै जेलमा परेपछि घरपरिवारका सदस्यको विचल्ली भएको छ, तर हामी हिम्मत हारेका छैनौं” उनीहरुको कुरा थियो ।

थुनामा रहेका थारु कल्याणकारिणीसभा कैलालीका अध्यक्ष लाहुराम चौधरीले थारु नेताहरु आफूहरुसँग भेटघाटसमेत गर्न नआएकोमा दुःखेसो पोख्नुभएको थियो । केन्द्रका नेताहरु त टाढा भए, स्थानीय जिल्लाका नेतासमेत वेवास्ता गरे चौधरीले लेखीसँग गुनासो गर्नुभयो ।

थुनुमा परेका अर्का रामप्रसाद थारुले समस्या परेपछि आशागरेकोजस्तो सहयोग नभएको गुनासो गर्नुभयो । नेताहरु एकापसमा लडिरहेका, स्वार्थमा लिप्त भएकाले थुनामा परेकाहरुको समस्याप्रति ध्यान नदिएको उनले गुनासो गरे । सहयोगका लागि सबैसँग उनले याचना गरेको नेता लेखीले बताउनुभयो ।

सो अवसरमा नेता लेखीले बालबच्चाको किताव कापी किन्नमा सहयोग पुगोस् भनेर नगद पाँचहजार उपलब्ध गराएको बताउनुभयो । नेता लेखीको नेतृत्वमा गएको टोलीमा भागीरथी राना, रमाकान्त चौधरी, ज्योति दनुवार समेतको सहभागिता थियो ।

नेता लेखीकाअनुसार थुनामा परेका थारुको घरबार, व्यापार व्यवसाय चौपट भएकाले चिन्तामा रहेको बताउनुभयो । केही थुनुवाले जेलभित्रै आत्महत्याको प्रयास गरेको समेत जानकारी पाएको लेखीले बताउनुभयो । निर्दोस थुनुवाहरुलाई चाँडोभन्दा चाँडो रिहाइको पहल गर्ने र सबै प्रकारको सहयोग गर्ने आश्वासन आफूले दिएको नेता लेखीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया