थरुहट थारुवान संघर्ष समितिको राजधानीमा गोप्य केन्द्रीय भेला


SAM_3347

फाइल तस्विर

काठमाडौं, जेठ ९ गते । थरुहट थारुवान संयुक्त संंघर्ष समितिको दुईदिने केन्द्रीय भेला आइतबारबाट राजधानीमा शुरुभएको छ । देशभरबाट प्रतिनिधि बोलाएर कालिकास्थानको एक वैंक्वीटमा भेला आयोजना गरिएको छ ।

संघर्ष समितिका केन्द्रीय संयोजक तथा थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनीराम चौधरी टीकापुर घटनापछि अर्धभूमिगत भएकाले भेलालाई गोप्य बनाइएको आयोजकको भनाई छ । प्रहरीको पक्राउ वारेन्टको ख्यालगर्दै संयोजक समेत सहभागी हुने सो भेलाबारे आम थारुलाई जानकारी गराइएको छैन ।

भेलाले थरुहट संघर्ष समितिको कामको समिक्षा, आन्दोलनको भावी रणनीतिबारे गम्भीर छलफल गरेर थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको नेता राजकुमार लेखीले जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने भेलामा थरुहट जिल्लाका थाकसका सभापति, केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, संघर्ष समितिका सदस्यहरुको सहभागिता रहेको छ ।

संघर्ष समितिका केन्द्रीय संयोजक तथा थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनीराम चौधरी टीकापुर घटनापछि अर्धभूमिगत भएकाले भेलालाई गोप्य बनाइएको आयोजकको भनाई छ । प्रहरीको पक्राउ वारेन्टको ख्यालगर्दै संयोजक समेत सहभागी हुने सो भेलाबारे आम थारुलाई जानकारी गराइएको छैन ।

संघीय गठबन्धनको आन्दोलनमा थरुहट संयुक्त संघर्ष समितिको औपचारिक सहभागीता नरहेकाले आन्दोलनमा सहभागी दुई नेतालाई कारवाही गरिएको संघर्ष समितिले बताएको छ । गठबन्धनको आन्दोलनमा जाने नजानेबारे कुनै छलफल भएको थिएन, तर केही साथीहरु संघर्ष समितिको व्यानर लिएर आन्दोलनमा जाँदा कारवाही गर्नुपरेको लेखीले स्वीकार्नुभयो ।

संघर्ष समितिको केही दिन अगाडिको बैठकले भानुराम थारु र मिनराज थारुलाई संघर्ष समितिको सदस्य समेत नरहनेगरी निस्काशन गरेको थियो । थारु दुवैजना थरुहट तराई पार्टी नेपालका अध्यक्ष र सचिव हुनुहुन्छ । “उहाँहरुको आफ्नो पार्टीको व्यानर लिएर आन्दोलनमा जान छुट छ तर संघर्ष समितिको व्यानर लिएर जान छुट छैन” नेता लेखीले भन्नुभयो ।

तर यता सो पार्टीका वरिष्ठ नेता गोपाल दहितले संघर्ष समितिको दुई पटकको बैठक र छलफलबाट गठबन्धनको आन्दोलनमा सहभागी हुने निर्णय भएको बताउनुभयो । थारुको एक्लो आन्दोलनले सरकारलाई दवाव नपुग्ने भन्दै आफूहरु गठबन्धनको आन्दोलनमा सहभागी भएको उहाँले बताउनुभयो । “संघर्ष समितिको बैठकमा संयोजक धनीराम चौधरी आफू उपस्थित कहिल्यै नहुने, मोबाइल स्वीचअफ गरेर बस्ने निर्णय गर्दा विरोध गर्ने परिपाटी ठीक होइन” दहितले बताउनुभयो ।

तपाईको प्रतिक्रिया