थरुहट संयुक्त संघर्ष समितिले जेठ १६ देखि आन्दोलन गर्ने गृहकार्यमा


SAM_4339

काठमाडौं, जेठ ९ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले २५ वटा जिल्लाबाट प्रतिनिधि राजधानीमा बोलाएर आइतबारदेखि दुईदिने केन्द्रीय भेला गोप्यरुपमा शुरु गरेको छ । भेलाले जेठ १६ देखि आन्दोलनको कार्यक्रम घोषणा गर्ने र ३१ गते आमहडतालको विषयमा केन्द्रीत भएर छलफल गरिरहेको छ ।

राजधानीको एक बैंक्वीटमा गोप्यरुपमा शुरुभएको भेलाले विभिन्न चारवटा प्रतिवेदनलाई प्रस्तावकोरुपमा प्रस्तुत गरेको छ । प्रस्तुत भएको प्रस्तावमाथि छलफल गरी त्यसको निचोड निकालेर सोमबार कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको थारु कल्याणकारिणीसभाका उपाध्यक्ष प्रेमीलाल चौधरीले बताउनुभयो ।

SAM_4334

संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको आयोजनामा भइरहेको भेलामा थरुहट क्षेत्रका सबै थारु कल्याणकारिणीसभाका जिल्ला सभापतिसहित प्रतिनिधिहरुको सहभागीता रहेको छ । भेलामा करिब ६० जनाको सहभागिता छ । भेलामा संघर्ष समितिका केन्द्रीय अध्यक्ष धनीराम चौधरीको भने प्रत्यक्षरुपमा सहभागीता रहेको छैन । उहाँको प्रतिवेदनलाई उपाध्यक्षले प्रस्तावकोरुपमा बैठकमा प्रस्तुत गर्नुभयो ।

त्यस्तै, आन्दोलनबारेको प्रस्ताव सांसद रुक्मिणी चौधरीले प्रस्तुत गर्नुभएको छ । आन्दोलनको आचारसंहिताबारेको प्रस्ताव उपाध्यक्ष प्रेमीलाल चौधरीले, राजनीतिक प्रस्ताव नेता किशोर विश्वासले प्रस्तुत गर्नुभयो । प्रस्तुत प्रस्तावमाथि भेलामा गम्भीर छलफल भइरहेको छ । छलफलमा सहभागिले नेतृत्वको क्षमता र नेतृत्वदायी कार्यकुशलताप्रति गम्भीर प्रश्न उठाउनुभएको छ ।

SAM_4333

नेतृत्वलाई विश्वास गर्न गाह्रो भएको र आन्दोलनको कार्यक्रम घोषणा गर्ने त्यसको कार्यान्वयनमा जोड नदिने समस्या भएकाले अव त्यस्तो गर्न नहुने सुझाव दिनुभएको छ । आन्दोलन गर्दा थरुहट संयुक्त संघर्ष समिति एक्लैले गर्ने कि अरुसँग सहकार्य र छलफल गरेर गर्ने बारेमा फरक फरक धारणा आएका छन् ।

कुनै सहभागीले अरुको आन्दोलनसँग सहकार्य गरेर जानुपर्ने सुझाव दिएका छन् । कोहीले थारुले चाहेमा एक्लै आन्दोलन गर्न सक्षम रहेको तर माग, मुद्दा र उद्देश्यबारे जनजागरणको कार्यक्रम आवश्यक रहेको सुझाव दिनुभएको छ । आन्दोलन सफल पार्नकालागि आर्थिक सवलता र स्पष्ट योजनाको आवश्यकता रहेको सुझाव दिनुभएको छ ।

कुनै सहभागीले अरुको आन्दोलनसँग सहकार्य गरेर जानुपर्ने सुझाव दिएका छन् । कोहीले थारुले चाहेमा एक्लै आन्दोलन गर्न सक्षम रहेको तर माग, मुद्दा र उद्देश्यबारे जनजागरणको कार्यक्रम आवश्यक रहेको सुझाव दिनुभएको छ । आन्दोलन सफल पार्नकालागि आर्थिक सवलता र स्पष्ट योजनाको आवश्यकता रहेको सुझाव दिनुभएको छ ।

कार्यक्रममा बोल्दै सांसद रुक्मिणी चौधरीले जेठ दोस्रो सातादेखि आन्दोलन शुरुहुने र जेठ ३१ गते थरुहट जिल्लामा आमहडतालको प्रस्ताव गरिएको जानकारी गराउनुभयो । थरुहट सबै जिल्लामा चरणबद्ध आन्दोलनको कार्यक्रम गरिने र जिल्लालाई प्रशिक्षित गर्न पनि अभियान चलाउने उहाँले बताउनुभयो । आन्दोलनमा सबैको एकता आवश्यक रहेको भएपनि त्यसकालागि कार्यगत एकता गरिनुपर्ने उहाँले बताउनुभयो ।

थारु युवा सभाका अध्यक्ष कानूनलाल चौधरीले आन्दोलन फुटेर सम्भव नरहेकाले जुट्ने योजना बनाउन संघर्ष समितिलाई सुझाव दिनु   भयो । केहीदिन अघि थारु नेता भानुराम चौधरी र मिनराज चौधरीलाई कारवाही गरेको प्रसंग उठाउँदै थारुले त्यसबारे प्रष्ट पार्न माग गर्नु  भयो । कारवाहीको प्रक्रिया नमिलेको भन्दै थारुले संघर्ष समितिलाई फुटाउन नहुने बताउनुभयो ।

कार्यक्रममा बाँकेका नेमसिंह चौधरी, चित्तवनका विश्राम चौधरी, विद्यार्थी ओम महतो, सुनसरीका सुवासचन्द्र चौधरी, प्रदीप भगत, पर्साका भागेश्वरप्रसाद, मनोज विश्वास (मोरङ) लगायतले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्दै थारु एकतामै जोड दिएका थिए ।

आन्दोलन घोषणा गर्नुभन्दा पहिले व्यापक तयारी गरेर, गृहकार्य पूर्णरुपमा गरेरमात्र घोषणा गर्न नेतृत्वलाई सहभागीले सुझाव दिएका    छन् । थारुबीच फुट र तिक्तता फैलाउने काम भइरहेकाले त्यसप्रति सचेत रहन पनि प्रतिनिधिहरुको सुझाव छ ।

प्रस्तुत प्रतिवेदनमा सरकारसँग विभिन्न माग प्रस्तुत गरिएका छन् । सरकारले टीकापुर घटनापछि पक्राउ गरी थुनामा राखेकालाई तत्काल विना शर्त छाड्नुपर्ने, मुद्दा खारेज गरिनुपर्ने, क्षतिपूर्ति दिनुपर्ने लगायतको मागलाई पुनः अगाडि सारेको छ । समितिले पाँच सदस्यीय वार्ता टोली गठन गर्ने प्रस्ताव राखेको छ । त्यसमा महिलाको सहभागिता अनिवार्य रहने प्रस्ताव छ । तर त्यसको आधार खुलाइएको छैन ।

थाकसका अध्यक्ष तथा संघर्ष समितिका संयोजक धनीराम चौधरी भेलामा सहभागी हुने बताइएको भएपनि स्थिति नमिलेको भन्दै उहाँ सहभागी हुनुभएन । भेला सोमबारसम्म चल्ने छ ।

तपाईको प्रतिक्रिया