जेठ १६ देखि थरुहट संयुक्त संघर्ष समितिको प्रस्तावित आन्दोलन


SAM_4333

काठमाडौं, जेठ १० गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले जेठ १६ देखि ३१ गतेसम्म शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको छ । महिनाको अन्तिम दिन थरुहट क्षेत्रमा आमहडतालको आयोजना गर्ने समितिले बताएको छ ।

समितिको घोषित आन्दोलनअनुसार जेठ १६ गते काठमाडौं उपत्यकासहित सबै थरुहट जिल्लामा सर्वपक्षीय बैठक बसी आन्दोलनको तयारी गर्ने, १८ गते नागरिक अगुवा, बुद्धिजीवी, पत्रकार, बरघर, विद्यार्थीहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने, २० देखि ३० गतेसम्म दशदिन थरुहट क्षेत्रमा जनजागरण, जनचेतना र जनपरिचालनको कार्यक्रम गर्ने आन्दोलनको कार्यक्रम रहेको समितिले जनाएको छ ।

३० गते थारु विरुद्धको संविधानका धाराहरु जलाउने र मसाल जुलुश प्रदर्शन गर्ने र ३१ गते थरुहट जिल्लामा आमहडतालको आयोजना गर्ने थारु कल्याणकारिणीसभाका उपाध्यक्ष प्रेमीलाल चौधरीले बताउनुभयो ।

त्यस्तै, २३ गते थरुहट जिल्लाको जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई माग समेटेर ज्ञापनपत्र बुझाउने, २६ गते स्वदेशी तथा विदेशी मानवाधिकारका प्रतिनिधिहरुसँग छलफल र अन्तरक्रिया गर्ने, सोही दिन विरोधसभा र कोणसभाको आयोजना गर्ने समितिकी सदस्य तथा सांसद रुक्मिणी चौधरीले बताउनुभयो ।

सोहीअनुसार जेठ २९ गते टीकापुर घटनाको सत्यतथ्य विवरण सार्वजनिक गर्न आग्रह गर्ने, टीकापुर घटनाका विषयमा अध्ययन गर्न गठित कार्यदल, संसदीय समिति, मानवअधिकार टोलीले गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्ने, ३० गते थारु विरुद्धको संविधानका धाराहरु जलाउने र मसाल जुलुश प्रदर्शन गर्ने र ३१ गते थरुहट जिल्लामा आमहडतालको आयोजना गर्ने थारु कल्याणकारिणीसभाका उपाध्यक्ष प्रेमीलाल चौधरीले बताउनुभयो ।

शान्तिपूर्णरुपमा आन्दोलन जारी रहने र थारुको माग सुनुवाई सरकारले नगरे अर्को चरणको आन्दोलन पनि सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।

यस्तो छ आन्दोलनको प्रस्तावित कार्यक्रम

SAM_4347

तपाईको प्रतिक्रिया