मुद्दा मिल्नेसँग एकिकरण गर्न नागरिक समाजवादी पार्टीको आव्हान


Lekhi

काठमाडौं, जेठ १० गते । नागरिक समाजवादी पार्टीले माग मुद्दा र उद्देश्य मिल्ने पार्टीहरुलाई एकीकरणको आव्हान गरेको छ । पार्टीका संयोजक राजकुमार लेखीले अलग अलग भएर आन्दोलनमा दवाव नपुग्ने भन्दै माग मुद्दा मिल्ने साना पार्टीलाई पार्टी एकीकरणका लागि आव्हान गरिएको बताउनुभयो ।

नेतृत्वको विषयमा आफ्नो पार्टी लचिलो रहेको बताउँदै संयोजक लेखीले मुद्दा र उद्देश्य मिल्ने पार्टीको एकीकरणमा जसको नेतृत्व पनि स्वीकार्य रहेको बताउनुभयो ।

SAM_3354

त्यस्तै सो पार्टीले नयाँ संविधानमा छुट भएको विषयलाई संशोधन गराउन एजेण्डा मिल्ने पार्टीहरुबीच कार्यगत एकता गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो । कार्यगत एकताका लागि आफ्नो पार्टी तयार रहेको नेता लेखीले प्रष्ट पार्नुभयो । संविधानको पुनरलेखनको पक्षमा आफूहरु नरहेको तर संविधानमा छुटेको विषयलाई संशोधनका लागि दवाव दिने बताउनुभयो ।

सोहीअनुसार संयोजक थारुले आन्दोलनरत तथा अन्य साना दलसँग आन्दोलनमा सहकार्य गर्न आफू तयार रहेको बताउनुभयो । साना दलहरु एक्ला एक्लै आन्दोलन गरेर सरकारलाई दवाव नपुग्ने हुनाले एकतावद्ध भई अगाडि बढ्न आवश्यक रहेको उहाँले तर्क गर्नुभयो । कार्यगत एकताका लागि सबै तयार हुनुपर्ने उहाँले माग गर्नुभयो ।

पार्टीको दुई महिने अभियानको क्रममा रहेका नेता लेखीले अभियानको समापनको क्रममा त्यस्तो आव्हान गरिएको बताउनुभएको छ । पार्टीमा थप छलफल गरी पुनः अर्को दुई महिने आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारीमा आफूहरु रहेको लेखीको भनाई छ ।

तपाईको प्रतिक्रिया