भोटनीदेवी खवास थारुको नेतृत्वमा खवास महिला समाज गठन


Votani Devi

मोरङ, जेठ १० गते । थारु खवास महिलाको सङ्गठन खवास महिला समाजको प्रथम केन्द्रीय महाधिवेशनले सांसद भोटनीदेवी खवासको अध्यक्षतामा २२ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

मोरङको बैजनाथपुरमा भएको महाधिवेशनले खवासको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत गठन गरेको हो । सोमबार मोरङको वैजनाथपुरमा पत्रकार सम्मेलनगरी खवास महिला समाजले केन्द्रीय कार्यसमितिको चयन सर्वसम्मत सम्पन्न भएको जानकारी दिएको छ ।

अध्यक्षमा निर्वाचित सांसद खवासले जातीय विभेदमा परेका महिलाको न्यायका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

खबास महिला समाजको उपाध्यक्षमा माधुरी सिंह खवास, शर्मिला खवास, मायाँवती खवास, महासचिवमा निलम खवास, सचिव पुनम खवास, दीपकुमारी खवास, गीता खवास, कोषाध्यक्ष यसोदा खवास बाहेक अन्य सदस्यहरु केन्द्रीय सदस्य सर्वसम्मत चयन हुनुभएको हो ।

नेपालको पूर्वी क्षेत्र झापा, मोरङ, सुनसरी र पश्चिमतर्पm मकवानपुरमा रहेका खवास महिला महाधिवेशनका लागि मोरङमा भेला भएका   थिए । अध्यक्षमा निर्वाचित सांसद खवासले जातीय विभेदमा परेका महिलाको न्यायका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अध्यक्ष खवास थारु नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया