प्रचण्डले दशवर्षे युद्ध गर्न सक्छन्, म किन सक्दैनः अध्यक्ष थारु


Dhaniram

लक्की चौधरी
काठमाडौं, जेठ १० गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक तथा थारु कल्याणकारिणीसभाका केन्द्रीय अध्यक्ष धनीराम थारुले थारु समुदायको माग पूरा नहुँदासम्म आन्दोलन नरोकिने बताउनुभएको छ ।

हमार पहुरा डटकमसँग कुरागर्दै अध्यक्ष थारुले थरुहट भूमिमै रहेर आन्दोलन सफल पार्ने दावी गर्नुभयो । आफ्नो नेतृत्वको विषयमा विभिन्न टिकाटिप्पणी र आरोप प्रत्यारोप लागेपनि आफू नेतृत्वबाट पछि नहट्ने उहाँले बताउनुभयो ।

“प्रचण्डले भारतमा बसेर सशस्त्र युद्ध गर्न सक्छन् भने म स्वदेशभित्रै बसेर आन्दोलनको नेतृत्व किन गर्न सक्दैन ? थरुहट आन्दोलन उचाईमा पुग्छ, म पुगाउँछु र थारुको माग पूरा गराएरै विश्राम लिन्छु” अध्यक्ष थारुले भन्नुभयो ।

“प्रचण्डले भारतमा बसेर सशस्त्र युद्ध गर्न सक्छन् भने म स्वदेशभित्रै बसेर आन्दोलनको नेतृत्व किन गर्न सक्दैन ? थरुहट आन्दोलन उचाईमा पुग्छ, म पुगाउँछु र थारुको माग पूरा गराएरै विश्राम लिन्छु”

हामी देश छाडेर बाहिर जाँदैनौं । म बाहिर जाँदैन । म यही भूमिमा बसेर आन्दोलन गर्छु । सुनियोजित ढंगले गत भाद्र ७ गते टीकापुर घटना घटाइयो । हाम्रो आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हो । तर अधिकार लिएरै छाड्छौं संयोजक थारुले भन्नुभयो ।

टीकापुर घटना सुनियोजित ढंगले घटाइएको दावीगर्दै संयुक्त संघर्ष समितिका संयोजकसमेत रहेका थारुले टीकापुर घटनापछि थारुमाथि झुठामुद्दा लगाएर तर्साउन खोजेको बताउनुभयो । “म माथि झुठा मुद्दा लगाइएको छ, म चुप लागेर बस्न मिल्छ ? पाप धुरीबाट कराउँछ, एकदिन सत्य सबैको अगाडि आउँछ” दावीगर्दै अध्यक्ष थारुले आफ्नै नेतृत्वमा थारुको आन्दोलन सफल पार्ने बताउनु   भयो ।

“म अरुलाई नेतृत्व दिंदैन । अरुको नेतृत्व सबैलाई स्वीकार्य पनि हुँदैन । थारु कल्याणकारिणीसभा सामाजिक संस्था हो । कुनै दलको भातृसंगठन होइन, त्यसैले मेरो नेतृत्व सबैलाई स्वीकार्य छ ।

“म अरुलाई नेतृत्व दिंदैन । अरुको नेतृत्व सबैलाई स्वीकार्य पनि हुँदैन । थारु कल्याणकारिणीसभा सामाजिक संस्था   हो । कुनै दलको भातृसंगठन होइन, त्यसैले मेरो नेतृत्व सबैलाई स्वीकार्य छ । अरुको नेतृत्वमा आन्दोलन सफल हुँदैन” भन्दै अध्यक्ष थारुले सामाजिक न्याय र हकहितकालागि थारुको आन्दोलन रहेको दावी गर्नुभयो ।

नेतृत्व कसरी सम्भव ?
“प्रचण्डले दशवर्षे युद्ध लड्नुभयो । उहाँको अनुहार समेत मान्छेले देख्न पाएनन् । बन्दकोठा भित्रबाट त्यत्रो ठूलो आन्दोलन सफल पार्नुभयो । म किन सक्दैन ? म कार्यक्रम, गोष्ठी र आन्दोलनको अग्र पंक्तिमा आउँदैन । यसको अर्थ नेतृत्व कमजोर भयो भन्ने होइन । म पर्दा पछाडिबाट भएर पनि आन्दोलनको नेतृत्व दिन्छु” अध्यक्ष थारुको दावी छ ।

“मलाई कानूनी घेरामा पारिएको भएपनि म चुप लाग्दैन । झुठा मुद्दा लगाएर थारुहरुलाई कारागारमा कोच्ने काम भएको छ ।

“मलाई कानूनी घेरामा पारिएको भएपनि म चुप लाग्दैन । झुठा मुद्दा लगाएर थारुहरुलाई कारागारमा कोच्ने काम भएको छ । उहाँहरुको पीडाको निराकरण नगर्दासम्म नैतिकताले मलाई चुप लाग्ने अनुमति छैन । म सशक्तरुपमा आन्दोलनको नेतृत्व गर्छु र आन्दोलनकै बलमा सबै थारुलाई मुक्त गर्छु” अध्यक्ष थारुले भन्नुभयो ।

Dhaniram1

थरुहट नेतालाई कारवाहीः
थरुहट तराई पार्टीका नेताले संयुक्त संघर्ष समितिको व्यानरको दुरुपयोग गरेको अध्यक्ष थारुले आरोप लगाउनुभयो । समितिमा छलफल नै नगरी आफूखुशी गठबन्धनको आन्दोलनमा सरिक हुनुभयो । आफ्नो पार्टीकोतर्फबाट प्रतिनिधित्व गरेको भए ठीक थियो । तर संघर्ष समितिको व्यानर लग्न अनुमति थिएन, पाइदैन । त्यसकालागि समितिको छलफल र निर्णयको आवश्यकता पर्छ अध्यक्ष थारुले भन्नुभयो, “उहाँहरुले त्यो केही नगर्नुभएकाले भानुराम थारु र मिनराज थारुलाई कारवाही गर्ने निर्णय भएको हो ।”

“पार्टीको व्यानर लिएर थरुहट तराई पार्टीले आन्दोलनमा सरिक हुनसक्छ तर संघर्ष समितिको व्यानर आफूखुशी दुरुपयोग गर्न पाइदैन”

मधेसी मोर्चा सम्मिलित गठबन्धनको आन्दोलनमा जाने कुनै निर्णय नभएको प्रष्टपार्दै अध्यक्ष थारुले आचारसंहिताको कसैबाट उल्लंघन हुन नहुने बताउनुभयो । संघर्ष समितिले आन्दोलनका लागि आचारसंहिता निर्माण गरेको छ । सो अनुसार नै सबैलाई हिड्न अध्यक्ष थारुले आग्रह गर्नुभयो । थारुलाई एक बनाएर मात्र थारुको आन्दोलन सफल हुनेमा आफू प्रष्ट रहेको तर आचारसंहिताको उल्लंघन गर्नेलाई कारवाही गर्ने दायित्व पनि आफ्नो रहेको उहाँले तर्क गर्नु भयो ।

“पार्टीको व्यानर लिएर थरुहट तराई पार्टीले आन्दोलनमा सरिक हुनसक्छ तर संघर्ष समितिको व्यानर आफूखुशी दुरुपयोग गर्न पाइदैन” अध्यक्ष थारुले भन्नुभयो । सो विषयमा छलफल गरेर समस्याको समाधान गरिने बताउनुभयो । आचारसंहिताभित्र बस्न नसके आन्दोलन सफल हुन नसक्ने भन्दै थारुले सबैलाई नियमभित्र बस्न आग्रह गर्नुभयो ।

मधेसी दलसँग मुद्दा नै मिल्दैनः
संघर्ष समितिका संयोजक थारुले मधेसवादी दलसँग थारुको मुद्दा नै नमिल्ने बताउनुभयो । “गठबन्धनमा आवद्ध दलले संविधानको पुनरलेखनको कुरा उठाइरहेको छ, हामीले संविधान संशोधनको कुरा गरिरहेका छौं । प्राप्त उपलब्धीलाई संस्थागत गर्दै बाँकी माग पूरा हुनुपर्छ भन्ने हाम्रो माग हो, पुनरलेखन होइन” उहाँले भन्नुभयो ।

लोकतन्त्र, गणतन्त्र, थारुको पहिचान, समावेशीता आदि विषयमा उपलब्धी प्राप्त भएको छ, संविधानको पुनरलेखन गर्दा त्यो पनि गुम्ने खतरा रहन्छ थारुले भन्नुभयो ।

लोकतन्त्र, गणतन्त्र, थारुको पहिचान, समावेशीता आदि विषयमा उपलब्धी प्राप्त भएको छ, संविधानको पुनरलेखन गर्दा त्यो पनि गुम्ने खतरा रहन्छ थारुले भन्नुभयो । “मधेसवादी दलले नागरिकताको कुरा उठाइरहेका छन्, थारुका लागि नागरिकताको कुनै समस्या नै होइन” अध्यक्ष थारुले भन्नुभयो । मधेसवादी दलहरु सीमा पारी गएर पनि आन्दोलन गर्छन् थारुले सक्दैन, जाँदैन । आफ्नै भूमिमा रहेर आन्दोलन गर्छ उहाँले भन्नुभयो ।

“मधेसवादी दलले छुट्टै मधेस राष्ट्रको कुरा गरिरहेका छन्, हामी थरुहट प्रदेशको कुरा गरिरहेका छौं । हामी विखण्डनवादी होइनौं, हामी यस देशका सच्चा भक्त र आदिबासी हौं । हामी आफ्नो भूमिलाई एक इन्च पनि गुमाउन चाहँदैनौं । यही भूमिमा हुर्केर बढ्यौं, यही भूमिमै अधिकार प्राप्तीको आन्दोलन अन्तिम समयसम्म गर्छौं” थारुले भन्नुभयो ।

झुठा मुद्दा खारेज होस्ः
अध्यक्ष थारुले टीकापुरमा लगाइएको थारुमाथिको झुठामुद्दा तत्काल खारेज गर्न माग गर्नुभयो । “२०७२ साउन २७ देखि थारुको आन्दोलन घोषणा भएको हो । थारुको विभिन्न घटक संघ संस्था, थरुहट राजनीतिक दलको छलफलबाटै थाकसलाई नेतृत्व दिने निर्णय भएको थियो । थारुलाई एक ठाउँमा ल्याउन समन्वयकारी भूमिका निर्वाह गर्ने हाम्रो दायित्व हो” अध्यक्ष थारुले भन्नुभयो ।

“अनायासरुपमा कानूनको घेरामा मलाई पनि पारिएको छ । गत असोज ५ गते मेरो नाममा कैलाली अदालतमा मुद्दा दर्ता भएको छ । एकसय १८ जनामाथि मुद्दा लगाइएको छ । २५ जना जेलमा पर्नुभएको छ ।

“अनायासरुपमा कानूनको घेरामा मलाई पनि पारिएको छ । गत असोज ५ गते मेरो नाममा कैलाली अदालतमा मुद्दा दर्ता भएको छ । एकसय १८ जनामाथि मुद्दा लगाइएको छ । २५ जना जेलमा पर्नुभएको छ । यो सब झुठा भएकाले यसको तत्काल खारेज हुनुपर्छ” अध्यक्ष थारुले भन्नुभयो । मलाई कानूनी घेराबन्दीमा पारेर थारुको आन्दोलन तुहाउने सरकारी प्रयास देखिएको छ आरोप लगाउँदै अध्यक्ष थारुले भन्नुभयो, “मलाई पक्राउ गरेपनि आन्दोलन रुक्दैन ।”

“थारुलाई पीडा दिने काम भइरहेको छ राज्यबाट । मानसिक, शारीरिक टर्चर दिनेकाम भएको छ, हजारौं थारुहरु पलायन भएका छन् यो ठीक होइन” भन्दै अध्यक्ष थारुले थारुको माग शान्तिपूर्ण आन्दोलनबाटै पूरा गर्ने दावी गर्नुभयो ।

सबै मानवअधिकारवादी, नागरिक समाजका अगुवाहरुसँग छलफल गर्दै टीकापुर घटनाका विषयमा न्यायिक छानविन आयोग गठनको माग उहाँले गर्नुभयो ।

तपाईको प्रतिक्रिया