बजेट समृद्धिउन्मुख छ, दिल खोलेर समर्थन गर्नुस्ः प्रधानमन्त्री ओली


g]skf -Pdfn]_ ;+;bLo bnsf] a}7s k|wfgdGqL s]kL zdf{ cf]nLn] cfOtaf/ Joj:yflksf–;+;b ejg gofF afg]Zj/df a;]sf] g]skf -Pdfn]_ ;+;bLo bnsf] a}7snfO{ ;Daf]wg ub{} . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं, जेठ १६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बजेट देशको विकार र समृद्धि उन्मुख आएकाले दिल खोलेर समर्थन गर्न सबै पक्षलाई आग्रह गर्नुभएको छ ।

नेकपा (एमाले) संसदीयदलको बैठकमा आइतबार व्यवस्थापिका संसद भवन नयाँ बानेश्वरमा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो आग्रह गर्नुभयो । “यो बजेट विकासमुखी र समृद्ध नेपाल निर्माणका लागि हो, कार्यान्वयन जसरी पनि हुन्छ” एमाले संसदीय दलका नेतासमेत रहनुभएका ओलीले भन्नुभयो ।

बजेट वितरणमुखी र ठूलो आकारको भयो भन्ने प्रमुख प्रतिपक्षीदलको टिप्पणीलाई उहाँले स्वाभाविक भन्नुभएको छ । “प्रतिपक्षीको कामै टिप्पणी गर्ने हो, जतिराम्रो काम सरकारले गरेपनि टिप्पणी गर्नैपर्ने भएर कांग्रेसले विरोध गरेको हो” उहाँले भन्नुभएको संसदीय दलका उपसचेतक गोकुल घर्तीले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले बजेटको पक्षमा एक भएर संसदमा प्रस्तुत हुन सांसदहरुलाई निर्देश गर्नुभयो । “यो बजेट देशको विकासका निम्ति हो, जनताको उत्थानका निम्ति हो, संविधानअनरुप र कार्यान्वयन गर्नेगरी ल्याइएको बजेट हो” भन्नुहुँदै उहाँले सांसदहरुलाई बजेटको सकारात्मक पक्षको विषयमा दृढताकासाथ उभिन निर्देशन दिनुभएको उपसचेतक घर्तीले जानकारी गराउनुभयो ।

“यो बजेट देशको विकासका निम्ति हो, जनताको उत्थानका निम्ति हो, संविधानअनरुप र कार्यान्वयन गर्नेगरी ल्याइएको बजेट हो”

सो अवसरमा प्रधानमन्त्री ओलीले बजेटको विरोध गर्नेले विरोधको पुष्टिगर्ने आधार दिन नसकेको भन्नुहुँदै बजेट कार्यान्वयनकेन्द्रीत भएकाले वितरणमुखी भनेर टिप्पणी गर्दा सरकारलाई अप्ठेरो नहुने तर्क गर्नुभयो । “बजेट वितरण र कार्यान्वयन गर्नकै लागि ल्याउने हो, पोको पारेर राख्नलाई हैन, प्रतिपक्षीले विरोध गर्नुको तुक छैन” प्रधानमन्त्री ओलीले बैठकमा भन्नुभएको एमाले सांसद बैजनाथ चौधरीले जानकारी दिनुभयो ।

कर्मचारीको तलब बृद्धि गर्दा पनि विरोध, तेलको भण्डारण बनाउँछौं भन्दा पनि विरोध, सामाजिक सुरक्षाभत्ता बृद्धि गर्दा पनि विरोध अनि समृद्धि कसरी हासिल हुन्छ” जिज्ञासा गर्नुहुँदै प्रधानमन्त्री ओलीले विरोधका लागि विरोध भन्दा पनि कार्यान्वयनमा सबैलाई ध्यान दिन आग्रह गर्नुभयो ।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार तत्काल नढल्ने प्रष्ट पार्नुभएको छ । बजेटपछि सरकार परिवर्तन हुने कुनै सहमति सम्झौता कसैसँग नभएको भन्नुहुँदै उहाँले आगामी स्थानीय र अन्य सबै निर्वाचन आफू नेतृत्वकै सरकारले गर्ने दावी गर्नुभयो । वर्तमान सत्ता गठबन्धन तत्काल अन्त्य नहुने हुनाले सरकार परिवर्तन पनि तत्काल नहुने उहाँले प्रष्ट पार्नुभयो ।

अर्थमन्त्री विष्णु पौडेलले बजेटको कार्यान्वयनमा कुनै समस्या नरहेको भन्नुहुँदै बजेटको पक्षमा एक भएर संसदमा प्रस्तुत हुन सांसदहरुलाई आग्रह गर्नुभयो । आकारको हिसावले बजेट ठूलो नभएको भन्नुहुँदै उहाँले सरकारले कार्यान्वनयको सबै वातावरण बनाउने बताउनुभयो । बजेटको सहज कार्यान्वयनले देश समृद्धिको बाटोमा उन्मुख हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले नयाँ बजेटको आकार सोचेको भन्दा आकार सानो आएको बताउनुभयो । नेपाललाई अल्पविकसित बाट विकसित मुलुकमा सन् २०२० सम्म रुपान्तरण गर्न बजेटको अहिलेको आकार कम्तिमा पन्ध्र खर्वको ल्याउनुपर्ने थियो तर राजस्व असुली र देशको विद्दमान समस्याले बजेटको आकार १० खर्व ४८ अर्वमा सीमित भयो उहाँले प्रष्ट पार्नुभयो ।

बजेटलाई कार्यान्वयन गर्नमा कुनै कठिनाई नरहेको भन्नुहुँदै उहाँले सबैलाई एकभएर कार्यान्वयनको पक्षमा लाग्न उहाँले सुझाव दिनुभयो ।
बैठकमा अर्थमन्त्रालयका सल्लाहकार डा. गोविन्द नेपाल, आयोगका सदस्य डा. सुमित्रा आमात्य लगायतले बजेटको सकारात्मक पक्षमा बैठकलाई जानकारी गराउनुभएको थियो । बैठकमा पार्टीका वरिष्ठ नेतासहति सांसदहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया