नेपालका थारु समुदायको अधिकार प्राप्तीमा भारतीय थारुले सघाउने


tharu1

काठमाडौं, जेठ १७ गते । नेपाल र भारतका थारुबीच सहकार्य र सहयोगको आदानप्रदान गर्ने उद्देश्यसहित आयोजित दुई दिने अन्तर्राष्ट्रिय थारु सम्मेलन उत्तरप्रदेश भारतको बलरामपुर जिल्लामा आइतबार सम्पन्न भएको छ ।

थारु युवा नेता महावीर चौधरीले दिनुभएको जानकारीअनुसार सम्मेलन जेठ १५ र १६ गते आयोजना भएको थियो । सम्मेलनमा तराईका झापादेखि कञ्चनपुरका नेपाली थारुको प्रतिनिधिमूलक सहभागीता रहेको चौधरीले बताउनुभयो ।

त्यस्तै, भारतको लखनउ, बलरामपुर, लखिनपुर, बहराइच, उत्तराखण्ड लगायतको ठाउँबाट भारतीय थारुको सक्रिय सहभागीता रहेको बताइएको छ । कार्यक्रममा थारु एराण्ड दि वल्र्डका अध्यक्षसमेत रहेका चौधरीले नेपालको संविधानमा भएको थारुको व्यवस्था र कमजोरीका बारेमा भारतीय थारुलाई जानकारी गराउनुभएको थियो ।

tharu2

अधिकारका लागि थारु समुदाय आन्दोलित हुँदा सरकारले बल प्रयोग गरेको, थारुलाई धरपकड गरी जेल चलान गर्नेगरेको र थारुलाई अधिकारबाट बञ्चित गर्ने प्रयास भएको गुनासो कार्यक्रममा अध्यक्ष चौधरीले गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष चौधरी, थारु कल्याणकारिणीसभा कपिलवस्तुका सभापति जन्जिर चौधरी, थारु विद्यार्थी समाजका सञ्जिव चौधरी लगायतले थारुको माग र आन्दोलनको विषयमा जानकारी गराउनुभएको अध्यक्ष चौधरीले हमार पहुरा डट कमलाई जानकारी गराउनुभयो ।

कार्यक्रममा उत्तरप्रदेशका स्वास्थ्यमन्त्री पि यादवले नेपालको थारुको समस्या र माग सम्बोधनबारे केन्द्रीय सरकारलाई जानकारी गराउने र नेपालका राजनीतिक दलका नेताहरुलाई सो विषयमा गम्भीर बनाउने आश्वासन दिनुभएको थियो ।

कार्यक्रममा उत्तरप्रदेशका स्वास्थ्यमन्त्री पि यादवले नेपालको थारुको समस्या र माग सम्बोधनबारे केन्द्रीय सरकारलाई जानकारी गराउने र नेपालका राजनीतिक दलका नेताहरुलाई सो विषयमा गम्भीर बनाउने आश्वासन दिनुभएको थियो ।

त्यसैगरी उत्तरप्रदेशका सांसद आदित्यनाथ महराजले नेपाल र थारुबीचको सम्बन्ध सदियौंदेखि रहेकाले दुवै देशको थारुको समस्या समाधानका लागि मिलेर सामना गर्न सुझाव दिनुभएको थियो ।

भारतका पूर्व कमिसनर चन्द्रराम चौधरीले नेपालका थारुको अधिकार प्राप्तीको लडाईमा भारतीय थारुको पूर्ण सहयोग र समर्थन रहने बताउनुभएको थियो । नेपालका थारु समुदाय त्यहाँका आदिबासी समुदाय भएको भएपनि राज्यको सुविधाबाट बञ्चित गरिदैआउनु दुर्भाग्यपूर्ण रहेको भन्दै भारतीय थारु अगुवाहरुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया