एमालेको घर भत्काउन ३१ लाख एक रुपियाको ठेक्का लाग्यो


UML building1

काठमाडौं, जेठ १९ गते । नेकपा (एमाले) ले मदननगर बल्खुस्थित पार्टी मुख्यालयको भवन भत्काउने ठेक्का माइतीघर निवासी श्रीराम श्रेष्ठलाई दिने निर्णय गरेको छ ।

पार्टी सचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा रहेको पार्टी कार्यालय व्यवस्थापन कार्यदलको बुधबार बसेको बैठकले त्यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो । श्रेष्ठले घर भत्काउन कुल ३१ लाख एक रुपिया दिने बोल कबोल गर्नुभएको छ । उहाँलाई तीन महिनाभित्र काम सम्पन्न गर्नेगरी एमालेले ठेक्का दिने निर्णय गरेको हो ।

श्रेष्ठलाई शुक्रबारसम्म सम्झौता गरिसक्न पार्टीले सूचना गरेको छ । कथंकदाचित श्रेष्ठले तोकेको अवधिमा सम्झौता गर्न नआए बढी राशीको बोलकबोल गर्नेलाई सो ठेक्का दिनसक्ने केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठले घर भत्काउन कुल ३१ लाख एक रुपिया दिने बोल कबोल गर्नुभएको छ । उहाँलाई तीन महिनाभित्र काम सम्पन्न गर्नेगरी एमालेले ठेक्का दिने निर्णय गरेको हो ।

उहाँको अनुसार आशयपत्र दर्ता गराउने समय १६ गतेसम्म रहेको थियो । बुधबार पार्टीले आशयपत्रबारेको वक्तव्य बाहिर सार्वजनिक गरेपछि पुनः अर्को संस्थाले ३५ लाख दिने बोल कबोलको निवेदन पार्टी कार्यालयमा दर्ता गरेको सचिव श्रेष्ठले बताउनुभयो । तर प्रक्रिया नाघेपछि सो निवेदन दर्ता भएकाले त्यसबारे के गर्ने बारेमा पार्टीले निर्णय गर्ने उहाँले बताउनुभयो ।

आशयपत्र दर्ता गर्ने १८ संस्थामध्ये नौवटा संस्थाले रकम तोकेर निवेदन दर्ता गरेका थिए भने नौ संस्थाले विना रकम उल्लेख गरेर दिवेदन दर्ता गराएको कार्यालय सचिव श्रेष्ठले बताउनुभयो । एक मधेसमुलका जैसवाल थरका नागरिकले ३१ लाखलाई नाघेर ३५ लाख रुपिया दिने बोलकबोलको निवेदन बुधबार धुम्वाराहीस्थित कार्यालयमा दर्ता गराएको श्रेष्ठले जानकारी दिनुभयो ।

एक मधेसमुलका जैसवाल थरका नागरिकले ३१ लाखलाई नाघेर ३५ लाख रुपिया दिने बोलकबोलको निवेदन बुधबार धुम्वाराहीस्थित कार्यालयमा दर्ता गराएको श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यालय भवन सुरक्षितसाथ भत्काई त्यसका सबै सामग्री हटाउन र घडेरी सफा गर्नेगरी जेठ ११ गते सार्वजनिक सूचना पार्टीले जारी गरेको थियो । सोही सूचनाका आधारमा १८ वटा संस्था र व्यक्तिले आशयपत्र पेश गरेका थिए ।

आशयपत्रमा बोलकबोल गर्नेले २७ लाख १५ हजार ५५५, २७ लाख ५ हजार ५२५, २५ लाख, २० लाख सहित न्यूनतम सातलाख रुपियाँसम्म बोलकबोल गरेका थिए । आशयपत्रको अध्ययनको आधारमा सो मध्ये सबैभन्दा वढी बोलकबोल गर्नेलाई ठेक्का दिइएको प्रचार विभाग प्रमुख तथा पार्टी सचिव भट्टराईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । भवन भत्काएर त्यसमा रहेको सबै सामान ठेक्का लिनेले  लग्नेछन् ।

तपाईको प्रतिक्रिया