थारु कल्याणकारिणीसभाले जेठ २८ र २९ गते बीरगञ्जमा भेला गर्ने


Tharuhat

काठमाडौं, जेठ २० गते । थारु कल्याणकारिणीसभाले २१ औं महाधिवेशनदेखि हालसम्मको कार्यक्रमको समिक्षा तथा थरुहट मुद्दाका विषयमा समिक्षा तथा कार्ययोजना बनाउन दुई दिने कार्यक्रम गर्ने बताएको छ ।

सभाका संरक्षक अमृतप्रसाद खाँ थारुले दिनुभएको जानकारीअनुसार जेठ २८ र २९ गते दुई दिन बीरगञ्जको महावीर धर्मशालामा कार्यक्रमको आयोजना गरिने छ । कार्यक्रममा सभाको जिल्ला समिति रहेका जिल्ला सभापति, सचिव, भातृ संगठनका प्रतिनिधि, केन्द्रीय कार्य समितिका सदस्यहरुको सक्रिय सहभागीता रहने बताइएको छ ।

भेलामा करिब चारसय जनाको सहभागिता रहने योजना सभाले बनाएको छ । कार्यक्रममा आउने सहभागीको आवास तथा भोजनको व्यवस्था मिलाइएको थारुले जानकारी गराउनुभयो ।

थरुहट तराई पार्टीको आपत्तिः
थरुहट तराइ पार्टी नेपालले थारु कल्याणकारिणीसभाको सामाजिक सञ्जाल आइडि मार्फत् प्रेसित सूचना विवादास्पद भएको भन्दै आपत्ति जनाएको छ । पार्टीका सचिव मिनराज थारुले विज्ञप्ती जारी गर्दै त्यसको खण्डन गर्नुभएको हो ।

थरुहटको माग मुद्दालाई सडक देखि सदनबाट निरन्तर उठाउने दललाई बदनाम हुनेगरी प्रेसित गरिने यस्ता विवादित काम नगर्न सो पार्टीले सम्बन्धित पक्षलाई सचेत गराएको छ । सो पार्टीले प्रकाशित विज्ञप्तीमा थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक धनीराम थारुलाई लुकेर नबस्ने सचेत गराएको छ ।

आन्दोलनमा होमिएकाहरु टाउको फुटाएर अहिले जेलनेल भोग्ने तर संयोजक लुकेर बस्ने र अन्ध्यारो कोठाबाट विज्ञप्ती फालेर आन्दोलन नउठ्ने ठहर सो पार्टीको छ ।

Minraj

तपाईको प्रतिक्रिया