कैलालीले थरुहट केन्द्रीय संघर्ष समितिको आन्दोलनलाई समर्थन नगर्ने


काठमाडौं, जेठ २० गते । थरुहट थारुवान संयुक्त संघर्ष समिति केन्द्रले सर्कुलर गरेको आन्दोलनको कार्यक्रम कार्यान्वयन नगर्ने कैलाली संघर्ष समितिले निर्णय गरेको छ । केन्द्रमा थारु नेताबीच नै आन्तरिक विवाद र समस्या देखिएकाले त्यसको सही व्यवस्थापन नगर्दासम्म आन्दोलनको कार्यक्रम कार्यान्वयन नगर्ने जिल्लाले चेतावनी दिएको हो ।

कार्यवाहक संयोजक कृष्णकुमार चौधरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “केन्द्रीय आन्दोलन परिचालन कमिटीभित्र तत्काल देखिएको उतारचढाव यथाशीघ्र व्यवस्थापन गरेमा मात्र केन्द्रीय आन्दोलनलाई समर्थन र कार्यान्वयन गर्न सकिने छ ।”

एक्लाएक्लै आन्दोलन र दवावको कार्यक्रम गरेर कुनै उपलब्धी हात नलाग्ने ठहर गर्दै कैलाली जिल्लाले मुद्दा मिल्ने घटक, समूहसँग मोर्चाबन्दी गरेरमात्र आन्दोलन सफल हुने प्रष्ट पारेको छ ।

हेर्नुहोस् विज्ञप्तीको पूर्णपाठ

Tharuhat kailali

तपाईको प्रतिक्रिया