थारुबीचको विवाद चुलियो, थारुबाटै केन्द्रीय संयोजक वहिष्कृत हुने


Dhaniram

काठमाडौं, जेठ २१ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिमा देखिएको विवाद चुलिएको छ । विवाद बढ्दै गएपछि संघर्ष समितिका केही घटकले धनीराम चौधरीलाई आन्दोलनमा वहिष्कार गर्ने निर्णय गरेको छ ।

थरुहट थारुवान संयुक्त संघर्ष समितिका केन्द्रीय संयोजक धनीराम चौधरीलाई थारु आन्दोलनमा बहिष्कार गर्ने निर्णय संघर्ष समितिका घटक संस्थाहरुले गरेका छन् । संयोजक चौधरीको कार्यशैली ठीक नभएको भन्दै विभिन्न संघ संस्थाका थारु प्रतिनिधिले वहिष्कार गरेका हुन् ।

थारुका विभिन्न १८ वटा संघ संस्थाका प्रतिनिधिले छलफल गरी संयोजक चौधरीको कार्यशैली ठीक नभएको आरोपमा वहिष्कार गर्ने बताएका छन् । संघर्ष समितिमा आवद्ध केही घटकका प्रतिनिधिले विज्ञप्ती जारीगर्दै केन्द्रीय संयोजकलाई थारु आन्दोलनमा वहिष्कार गर्ने निर्णय गरेको वर्दियाली थारु विकास मञ्चका अध्यक्ष सीताराम थारुले बताउनुभयो ।

थरुहट थारुवान संयुक्त संघर्ष समितिका केन्द्रीय संयोजक धनीराम चौधरीलाई थारु आन्दोलनमा बहिष्कार गर्ने निर्णय संघर्ष समितिका घटक संस्थाहरुले गरेका छन् । संयोजक चौधरीको कार्यशैली ठीक नभएको भन्दै विभिन्न संघ संस्थाका थारु प्रतिनिधिले वहिष्कार गरेका हुन् ।

केन्द्रमा देखिएको समस्या समाधानका लागि जेठ १५ गते पाँचबुँदे मागराखी तीन दिनको अल्टिमेटम दिएपनि त्यसको समाधानमा नेतृत्वले ख्याल नगरेको आरोप घटक संस्थाका प्रतिनिधिले लगाएका छन् । संघर्ष समितिको केन्द्रले अरुलाई वेवास्ता गर्दै एकलौटी गर्न खोज्दा थारु आन्दोलन नै समस्यामा परेको घटक संस्थाले आरोप लगाएका छन् ।

“अबदेखि धनीराम चौधरीको नेतृत्वलाई अस्वीकार गर्दै अहिले भइरहेको थरुहट थारुवान संघर्ष समितिको आन्दोलनमा वहिष्कार गर्ने” विज्ञप्तीमा उल्लेख छ । समितिको वर्तमान सांगठनिक संरचना कोठे आन्दोलनमा सीमित रहेको भन्दै घटक संस्थाका प्रतिनिधिहरुले थारु आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउने निर्णय समेत गरेका छन् ।

आन्दोलनलाई सशक्त बनाउन मागमुद्दा मिल्ने सबैसँग कार्यगत एकता, मोर्चाबन्दी गर्दै संघर्ष गर्ने निर्णयमा ती घटक संस्था पुगेका छन् । काठमाडौंमा चाँडै भेलागरी आन्दोलनको विषयमा थप योजना बनाएर अघि बढ्ने तयारी भएको थारुले बताउनुभयो ।

घटक संस्थाको तर्फबाट थारु विद्यार्थी समाजका केन्द्रीय महासचिव चन्द्रप्रसाद चौधरीको हस्ताक्षर रहेको विज्ञप्तीमा घटक संस्थाकोरुपमा थारु विद्यार्थी समाज, सर्वहित समाज, थारु पत्रकार संघ, नेपाल, कैलाली कञ्चनपुर मैगर थारु विकास समाज, थारु एराउण्ड दि वल्ड, चम्पन सांस्कृतिक समूह, थारु वौद्धिक अनुसन्धान केन्द्र, थारु महिला जागरण केन्द्र, थारु आदिबासी गैसस महासंघ, थारु महिला समाज, थारु आर्टिष्ट समाज, थारुवान कोचिला संघर्ष समिति, तराई आदिबासी कला संगीत प्रतिष्ठान, थारु युवा स्वयमसेवक संघ, थारु युवा परिवार रहेको विज्ञप्तीमा उल्लेख छ ।

थारु विद्यार्थी समाजका केन्द्रीय महासचिव चौधरीले हस्ताक्षर आफ्नो मात्रै भएपनि घटक संस्था सबैको निर्णय भएको हमार पहुरालाई जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया