सांसद जंगीलालले गरे स्थानीयमाथि आक्रमण, पेस्तोल बरामद


jangi lal ray

सर्लाही, जेठ २२ गते । महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल राय यादवले सर्लाहीका चारजना स्थानीयमाथि आक्रमण गरी गम्भीर घाइते बनाएका छन् ।

सांसद रायले शनिबार उनीहरुमाथि आक्रमण गरेका हुन् । आक्रमणमा परी टाउको फुटेर गम्भीर घाइते भएका राधेश्याम रायको हेटौडास्थित अस्पतालको आइसियूमा उपचार भइरहेको छ ।

त्यस्तै, बृजनन्दन राय, कपिलदेव राय र अजयकुमार यादव पनि आक्रमणको शिकार भएका छन् । सांसद राय सर्लाही क्षेत्र नं ५ बाट तमलोपाका निर्वाचित सांसद हुन् । रायले इट्टा र घरेलु हतियारले स्थानीयमाथि आक्रमण गरेको घाइते मध्येका बृजनन्दन रायले बताए ।

प्रहरीले तमलोपा सांसद रायबाट २ थान इटालियन पेस्तोल, ११ राउन्ड गोली, एक थान बाह्रबोर बन्दुक बरामद गरेको छ । घटनापछि सांसद राय फरार छन् ।

प्रहरीले तमलोपा सांसद रायबाट २ थान इटालियन पेस्तोल, ११ राउन्ड गोली, एक थान बाह्रबोर बन्दुक बरामद गरेको    छ । घटनापछि सांसद राय फरार छन् । प्रहरीले कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरेको छ । देवेन्द्र रायसहित प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको बताएको छ ।

सांसद जंगीलालसहितको समूहले स्थानीयमाथि कुटपिट गरिरहँदा छेवैमा रहेको प्रहरी मूकदर्शक बनेको प्रत्यक्षदर्शीले बताएका छन् । सांसद रायलाई तत्काल पक्राउ गरी कारबाही गर्न स्थानीयले प्रशासनसँग माग गरेका छन् ।

सर्लाहीको मलंगवा नगरपालिका ९ की स्थानीय आरती देवीको जग्गा मिचेर भवन निर्माण गर्न लागेका सांसद रायलाई रोक्ने क्रममा घटना भएको सर्लाहीका स्थानीय पत्रकारले बताए । सांसद रायले बाटो मिचेर भवन निर्माण गरेपछि जग्गाधनी आरती देवीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

सर्लाहीको मलंगवा नगरपालिका ९ की स्थानीय आरती देवीको जग्गा मिचेर भवन निर्माण गर्न लागेका सांसद रायलाई रोक्ने क्रममा घटना भएको सर्लाहीका स्थानीय पत्रकारले बताए । सांसद रायले बाटो मिचेर भवन निर्माण गरेपछि जग्गाधनी आरती देवीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

मुद्दामाथि सुनुवाई गर्दै २०७० साल अषाढ १८ गते तत्कालीन न्यायाधीस सुशीला कार्कीको इजलाजले सांसद रायले अतिक्रमण गरी निर्माण गरेको भवन भत्काई बाटो खुलाउन आदेश दिएको थियो । सर्वोच्चको आदेशमा नापी कार्यालयका दिनेश मिश्रको नेतृत्वमा अतिक्रमित भवनको केही भाग यसअघि नै भत्काइएको थियो ।

तर, सर्वोच्च अदालतको फैसलाको उल्लंघन गर्दै सांसद रायले मलंगवा नगरपालिका ९ स्थित ज्ञानोदय विद्यालय छेऊ भत्काइएको सो भवन पुनः बनाउन खोजेपछि घटना भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया