जनजाति नेताले कैलालीका राजबन्दीलाई नगद सहयोग गर्दैै


Laxman-Tharu-

राम दहित
धनगढी, जेठ २३ गते । नेपाल आदिवासी जनजाति महासंघके पूर्व अध्यक्ष तथा थारु कल्याणकारिणी सभाके पूर्व महामन्त्री राजकुमार लेखी टीकापुर घट्नालाई लिएर पक्राउ परेका जेल जीवन व्यतित गरिरहेको कैदीहरुको राजनीतिक मुद्दा रहेकाले राजनीतिक तवरबाटै समाधान गर्न माग गर्नुभएको छ ।

आईतवार धनगढी करागारमा कैदीहरुलाई भेटघाटपछि लेखीले त्यस्तो धारणा राख्नुभयो । पूर्व अध्यक्ष लेखी भन्नु भयो– थरुहट थारुवानको आन्दोलन राज्य, सरकार पक्षसंग रहेको र संविधानमा आफ्नो हकअधिकार सुनिश्चिताका लागि गरको आन्दोलन हो ।’

भदौ ७ गते टीकापुर घट्ना घट्नुमा सरकार पक्षको कमजोरी रहेको औल्याउदै त्यही घट्नाले सरकार पक्षद्वारा निर्दोष थारुहरुमाथि झुठामुद्दा लगाई कैदी जिवन बिताउन बाध्य पारेको बताउनु भयो ।

सरकारले तत्काल यी झुठा मुद्दा खारेज गर्नुपर्ने र समस्यालाई राजतीनितिक तवरले छिटोभन्दा छिटा समाधान गरी निर्दोष थारुहरुलाई रिहाई गर्नुपर्ने बातउनुभयो । कैदीजीवन व्यतित गरिरहेको सबैजनालाई मन्त्री लगायत नेताहरुको रिहाई गराउने झुठा अश्वासनमा नलाग्न उहाँले आग्रह गर्नुभयो ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमालले कैदी जिवन बिताउन धेरै अप्ठयारो हुनेगरेको बताउदै सरकारले सत्यतथ्य छानविन गरी निर्दोषहरुलाई तत्काल रिहाई गर्नु पर्ने बताउनुभयो ।

त्यसका लागि केन्द्रमा आफूले सक्दो पहल गर्ने बताउनुभयो । भेटघाट कार्यक्रममा कैदी जीवन बिताई रहेका थाकस कैलालीका सभापति लाहुराम चौधरीले देशका तमान ठाउँ लगायत केन्द्रबाट आफूहरुलाई भेट्ना आउने गरेपनि जिल्लाबाट कुनै पनि राजनीतिक दलका पार्टी प्रतिनिधी, नेतहरु भेटघाट गर्न नआएकोमा दुखेसो पोख्नुभयो ।

कैदीजीवन विताइरहेका प्रति परिवारलाई छ हजारको दरले २५ परिवारलाई रु. एक लाख ५० हजार सहयोग रकम हस्तान्तरण गर्ने आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखीले जानकारी दिनुभयो ।

करागारमा कैदी जिवन बिताई रहेका कैदीहरुलाई भेट्न थाकस केन्द्रिय कोषाध्यक्ष जयराज पंजियार, थाकस केन्द्रिय सदस्य राम कृष्ण चौधरी, इन्दिरा चौधरी, भागीरथी चौधरी, यशोदा चौधरी, थारु महिला सभा सुनसरीका सभापति शुशिला चौधरी, हरिहर देवी पंजियार, प्रितम चौधरी, आदीवासी जनजाति महासंघ पोखरा उपाध्यक्ष सुर्य भुजेल, भुजेल समाज कास्कीका शम्भु घर्ती लगायत वहाँहरुसंग जेलजीवनबारे जानकारी लिनुभएको थियो ।

थारु कल्याणकारी सभा, आदिवासी जनजाति महासंघ लगायत तमान जनजाति संस्थाको सहयोगमा कैदी जीवन बिताई रहेका परिवारलाई सोमबार सहयोग रमक हस्तान्तरण गर्ने बताइएको छ ।

कैदीजीवन विताइरहेका प्रति परिवारलाई छ हजारको दरले २५ परिवारलाई रु. एक लाख ५० हजार सहयोग रकम हस्तान्तरण गर्ने आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखीले जानकारी दिनुभयो ।  उहाँले आफ्नो पहलमा यो सहयोग रकम विभिन्न आदिवासी संघसंस्था लगायत व्यक्तिहरुबाट संकलन गरेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया