बन्दीका परिवारलाई राहत वितरण, समन्वय नगरेकोमा कैलालीको आपत्ति

Kailali

धनगढी, जेठ २४ गते । टीकापुर घटनापछि कैलाली कारागारमा बन्दी जीवन विताइरहेका २५ जना राजबन्दीका परिवारलाई छ हजार रुपियाँका दरले डेढलाख रुपियाँ सोमबार वितरण गरिएको छ । दुई परिवारलाई धनगढीमा र बाँकी २३ परिवारलाई कैलालीको झवही गाउँमा वितरण गरिएको वितरण संस्थाले जानकारी गरायो ।

नेपाल आदिबासी जनजाति महासंघ, थारु कल्याणकारिणीसभा, थारु महिला सभा र महासंघका अन्य जातीय सदस्य संस्थाको तर्फबाट संकलन गरिएको सो रकम एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको महासंघका पूर्व अध्यक्ष राजकुमार लेखीले जानकारी दिनुभयो । उहाँका अनुसार लाहुराम थारु र लक्ष्मण थारुका परिवारलाई धनगढीमै विहान ९ बजे राहत वितरण गरिएको थियो । दिउँसो जोशीपुर गा.वि.स.स्थित झवही गाउँमा गएर वितरण गरिएको लेखीले बताउनुभयो ।

केन्द्रबाट संकलित नगद रकम विरण गर्न महासंघका अध्यक्ष नगेन्द्र कुमाल, उपाध्यक्ष सूर्य भूजेल, कोषाध्यक्ष यशोदा चौधरी, पूर्व अध्यक्ष लेखी, थारु कल्याणकारिणीसभाका इन्दिरा चौधरी, भागीरथी रानाथारु लगायतको सहभागिता रहेको थियो ।

राहत वितरणपछि पीडित परिवारका सदस्यले राहतभन्दा बन्दीहरुलाई कारागार मुक्त गर्न नेताहरुसँग आग्रह गरेका थिए । बालबच्चालाई विद्यालय पढाउन र लुगाकपडा हाल्न नगदको आवश्यकता भएपनि मुख्य आवश्यकता आफ्नो मान्छेलाई रिहाई गराइदिन माग पीडितले गरेको नेता लेखीले बताउनुभयो ।

कैलाली कारागारमा रहेका थारुमाथि सरकारले झुठा मुद्दा लगाएर फँसाएकाले राजनीतिक तवरबाटै जेलमुक्त गराउने आश्वासन जनजाति नेताहरुले दिएका थिए । आन्दोलनकै क्रममा पक्राउ परी जेल हालिएका कार्यकर्तालाई आन्दोलनकै बलमा मुक्तगर्न सम्भव रहेकाले सबैको एकता र सहकार्यको आवश्यकता नेता लेखीले सो अवसरमा पीडितहरुलाई बताउनुभएको थियो ।

कैलालीको आपत्तिः
केन्द्रबाट कैलालीमा पीडितलाई राहत वितरण गर्न आएका नेताहरुले कैलालीको थरुहट थारुवान संघर्ष समितिसँग समन्वय नगरेको भन्दै आपत्ति जनाएका छन् । “नेता लेखीले यहाँका प्रतिनिधिहरुसँग कुनै समन्वय र छलफल गर्नु भएन यो दुःखद कुरा हो” कैलालीका प्रवक्ता माधव थारुले बताउनुभयो ।

स्थानीय समस्या र पीडाका बारेमा स्थानीयलाई बढी थाहा हुन्छ, संघर्ष समितिका प्रतिनिधिहरुसँग भेटघाट र छलफल नगरी सुटुक्क राहत बाँड्नु ठीक होइन भन्दै प्रवक्ता थारुले राहत वितरण राम्रो पक्ष भएपनि समन्वय नगर्नु बेठीक भएको बताउनुभयो ।

पीडित परिवारले ज्ञापनपत्र बुझाउने
कैलाली कारागारमा राजबन्दी रहेकाहरुको परिवारका सदस्यले मंगलबार कैलाली प्रमुख जिल्ला अधिकारीलाई रिहाईको मागगर्दै ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।

मंगलबार डेढबजे प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँलाई भेट्ने समय तयभएको कैलालीका प्रवक्ता माधव थारुले बताउनुभयो । पीडित परिवारका सदस्यहरुले ज्ञापनपत्र पछि जिल्ला प्रशासन कार्यालय कैलालीको कार्यालय परिसरमा धर्ना बस्ने तयारी समेत भएको उहाँले जानकारी दिनुभयो ।

पीडित परिवारले आफ्नो मान्छेलाई झुठा मुद्दामा सरकारले फँसाएर कैदी बनाएको आरोप पीडितहरुको छ । जेलमुक्त नगर्दासम्म प्रशासन कार्यालयमा धर्नाको तयारी पीडित परिवारका सदस्यले गरेको प्रवक्ता थारुले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया