संघीय गठबन्धन दलको रिलेअनसन काठमाडौंको खुलामञ्चमा शुरु


anasan2

काठमाडौं, जेठ २५ गते । संघीय गठबन्धन दलमा आवद्ध मोर्चा सम्मिलित दलका नेताहरुले मंगलबारदेखि काठमाडौंको खुलामञ्चमा रिले अनसन शुरु गरेका छन् । विहान ७ बजेदेखि साँझ ७ बजेसम्म १२ घण्टे अनसन शुरुभएको गठबन्धनका प्रवक्ता पर्शुराम तामाङ्ले बताउनुभयो ।

नयाँ संविधानको पुनरलेखनको माग गर्दै आन्दोलनरत मोर्चा सम्बद्ध दलका नेताहरुले माग पूरा नहुँदासम्म आन्दोलनका कार्यक्रम जारी राख्ने बताएका छन् ।

नयाँ संविधानको पुनरलेखनको माग गर्दै आन्दोलनरत मोर्चा सम्बद्ध दलका नेताहरुले माग पूरा नहुँदासम्म आन्दोलनका कार्यक्रम जारी राख्ने बताएका छन् । अनसनमा गठबन्धनका संयोजक उपेन्द्र यादव अन्य नेताहरु शरतसिंह भण्डारी, परशुराम तामाङ, महेन्द्रराय यादव, लक्ष्मणलाल कर्ण, राजकिशोर यादव, कुमार लिङदेन, भानुराम थारु, डा. ओम गुरुङलगायतका नेताहरुको सहभागीता रहेको छ ।

गठबन्धन दलका नेताहरुले मधेसी, थारु, खसआर्य, महिला, लिम्बुवान, मगरात, तमुवान, दलित, मुश्लिम, पिछडावर्ग लगायत सबैलाई अनसनमा सहभागीताका लागि आव्हान गरेका छन् । नयाँ संविधानको पुनरलेखन नहुँदासम्म यी वर्गको अधिकार सुनिश्चित नहुने उनीहरुको बुझाई छ । गठबन्धन दलका नेताहरुले असार मसान्तसम्म अनसन जारी रहने बताएका छन् ।

तपाईको प्रतिक्रिया