काठमाडौंको नाचघरमा दोस्रो थारु चलचित्र महोत्सव गर्ने तयारी


C

काठमाडौं, जेठ २६ गते । थारु चलचित्र तथा सांस्कृतिक संघको आयोजनामा काठमाडौंमा दोस्रो थारुचलचित्र महोत्सव २०७३ हुने भएको छ ।

चलचित्र विकास बोर्डको सहआयोजनामा हुने सो महोत्सवमा थारु चलचित्रलाई प्रदर्शन गरिने संघका उपाध्यक्ष रामलाल चौधरीले बताउनुभयो । महोत्सवमा थारु समुदायको विभिन्न लोक तथा आधुनिक नृत्यहरु समेत प्रस्तुत गरिने उहाँले बताउनुभयो ।

महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएकाले चलचित्र प्रेमी सबै दर्शकलाई आयोजकले उपस्थितिका लागि आव्हान गरेको छ । राष्ट्रिय नाचघरमा महोत्सवको २९ गते शनिबार उद्घाटन कार्यक्रम रहेको चौधरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया