थरुहटले वार्ता टोली बनायो, वार्ता सम्भवतः शुक्रबार मात्र हुने


SAM_4368

काठमाडौं, जेठ २७ गते । सरकारले वार्ताकालागि औपचारिक पत्र पठाएपछि थरुहट थारुवान संयुक्त संघर्ष समितिको केन्द्रीय आन्दोलन परिचालन समितिले पाँच सदस्यीय वार्ता टोली गठन गरेको भोलिपल्ट सरकारसँग थारुको वार्ता हुने सम्भावना बढेर गएको छ ।

विहिबार साँझसम्म वार्ता गर्ने तयारी सरकारको भएपनि प्रधानमन्त्री केपी शर्मा ओली काम विशेषले गृहजिल्ला झापा जानुभएपछि वार्ता सम्भव नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताउनुभयो । शुक्रबारसम्म थारु र सरकारको वार्ता सम्भावना रहेको सल्लाहकार दाहालले बताउनुभयो ।

थरुहट वार्ता टोलीले सरकारसँग वार्ताकालागि दुईबुँदे सर्त अगाडि सारेको छ । जसमा धनीराम चौधरीको मुद्दा फिर्ता लिनुपर्ने, यसअघि सरकारलाई पेश गरेको १३ बुँदे मागपत्र कार्यान्वयनको प्रतिवद्धता आउनुपर्ने रहेका छन् ।

थरुहट समितिले यसअघि पनि सुशील कोइराला नेतृत्वको सरकारसँग वार्ता गर्न वार्ताटोली गठन गरेको थियो । औपचारिक तथा अनौपचारिक रुपले कोइराला नेतृत्वको सरकारसँग थारुले तीन पटक वार्ता गरेका थिए । तर कुनै सहमति बन्न सकेको थिएन । केपी ओली प्रधानमन्त्रीमा आउनुभएपछि थारुसँग हुन लागेको यो पहिलो वार्ता हो वार्ता टोली सदस्य तथा सांसद रुक्मिणी चौधरीले बताउनुभयो ।

थरुहटले वार्ताकालागि धनीराम चौधरीको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ । जसमा नेताहरु राजकुमार लेखी, रुक्मिणी चौधरी, किशोर विश्वास र रमेश चौधरी सदस्य रहेका छन् । वार्ता टोलीका सदस्य किशोर विश्वासले विहिबार साँझसम्म वार्ताको तयारी गर्न सरकारले भनेको भनेर मिडियालाई जानकारी गराउनुभएको थियो । 

थरुहटले वार्ताकालागि धनीराम चौधरीको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ । जसमा नेताहरु राजकुमार लेखी, रुक्मिणी चौधरी, किशोर विश्वास र रमेश चौधरी सदस्य रहेका छन् ।

वार्ता टोलीका अर्का सदस्य राजकुमार लेखीले वार्ताको तयारी भइरहेको भएपनि विहिबार नै वार्ता नहुने प्रष्ट पार्नुभयो । थरुहट वार्ता टोलीले सरकारसँग वार्ताकालागि दुईबुँदे सर्त अगाडि सारेको छ । जसमा धनीराम चौधरीको मुद्दा फिर्ता लिनुपर्ने, यसअघि सरकारलाई पेश गरेको १३ बुँदे मागपत्र कार्यान्वयनको प्रतिवद्धता आउनुपर्ने रहेका छन् ।

टीकापुर घटनापछि थरुहट समितिका संयोजक धनीराम चौधरीमाथि गत असोज २३ गते सरकारले मुद्दा दर्ता गरेको थियो । संयोजक चौधरी अहिले अर्धभूमिगत अवस्थामा हुनुहुन्छ । आन्दोलनको मूल संयोजक नै अर्धभूमिगत भएपछि थारु आन्दोलन धरमरमा परेको बुझाई अधिकांश थारुहरुको छ । तर संयोजक थारुले आफू एकजना भूमिगत हुँदैमा आन्दोलन कमजोर नहुने दावी गर्दै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया