राष्ट्रिय सहमतिको सरकारले मात्र समस्या समाधान हुन्छः प्रचण्ड


Prachand

राम दहित
धनगढी, जेठ २९ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देशको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शनिबार धनगढीमा पब्लिक मिडिया क्लवद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । संविधानको कार्यान्वयन, भूकम्पबाट क्षतिग्रस्थ भौतिक पूर्वाधारको पुनर्निर्माण, सत्यनिरुपरण बेपत्ता आयोगलाई ऐनमा संसोधन गर्न आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो ।

मधेसका समस्या समाधान गरी शान्ति प्रक्रियालाई पूर्णरूपमा टुंग्याउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको उहाँले दावी गर्नुभयो । साथै प्रचण्डले विगत लामो समयदेखि आन्दोलनरत मधेसी र थारु समुदायको माग मुद्दा वार्ताद्वारा समाधान गरिनु पर्ने बताउनुभयो ।

पत्रकारले सोधेको प्रश्नको जफाव दिँदै अध्यक्ष प्रचण्डले राष्ट्रका निम्ति एकता, सहकार्य, सहमति आवश्यक रहेकोले सहमति जसको नाममा हुन्छ, त्यसैको नेतृत्वमा सरकार निर्माण गरिने उल्लेख गर्नुभयो ।

अध्यक्ष प्रचण्डले वर्तमान सरकारसँग भएको नौबुँदे सहमतिलाई कार्यान्वयन गर्न र राष्ट्रिय सहमतिका लागि सहयोग गर्न समेत आग्रह गर्नुभयो । पत्रकारले सोधेको प्रश्नको जफाव दिँदै अध्यक्ष प्रचण्डले राष्ट्रका निम्ति एकता, सहकार्य, सहमति आवश्यक रहेकोले सहमति जसको नाममा हुन्छ, त्यसैको नेतृत्वमा सरकार निर्माण गरिने उल्लेख गर्नुभयो ।

सबै प्रमुख दलहरूले नेकपा माओवादी केन्द्रको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारमा जोड दिएमा आफू त्यसको नेतृत्व लिन तयार रहेको समेत अध्यक्ष प्रचण्डले बताउनुभयो ।

अध्यक्ष प्रचण्ड प्रदेश नम्बर ७ को पार्टीको प्रादेशिक भेलालाई सम्बोधन गर्न कैलाली पुग्नुभएको थियो । भेलामा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा (बादल), मातृका यादव, तिलक परियार, मणि थापा, जय घर्ती, लेखराज भट्ट, लगायतका नेता तथा कार्यकर्ताहरू सहभागी थियो ।

तपाईको प्रतिक्रिया