दोस्रो राष्ट्रिय थारु चलचित्र महोत्सव काठमाडौंको नाचघरमा शुरु


SAM_4548

लक्की चौधरी
काठमाडौं, जेठ २९ गते । थारु राष्ट्रिय चलचित्र दोस्रो महोत्सव शनिबारबाट काठमाडौंमा शुरुभएको छ । महोत्सवको शहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीले उद्घाटन गर्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै राज्यमन्त्री चौधरीले थारु भाषा, संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा महोत्सवमे उल्लेखनीय योगदान दिने विश्वास व्यक्त गर्नुभयो । थारु समुदाय संस्कृतिको धनी जाति भएकाले थारुको पहिचान नै संस्कृति र भाषा रहेको बताउनुभयो ।

SAM_4553

नयाँ संविधानले सबै जाति समुदायको अधिकारलाई सुनिश्चित् गरेकाले संविधानको कार्यान्वयनले मात्र थारु लगायत अन्य समुदायको सांस्कृतिक अधिकार सुनिश्चित हुने बताउनुभयो । नयाँ संविधानमा सबै जातिको अधिकार सुनिश्चित भएको चर्चा गर्नुहुँदै उहाँले जिज्ञासा गर्नुभयो, “लौ भन्नुस् कुन धारामा थारु, मधेसी र महिलाको अधिकारलाई कटौती गरिएको छ ? खै कहाँ अधिकार दिइँदैन भनिएको छ ?” उहाँले भन्नुभयो ।

थारु समुदायको सांस्कृतिक तथा राजनीतिक अधिकारका निम्ति वर्तमान सरकार गम्भीर भएको र आफू पनि त्यसकालागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

थारु चलचित्र तथा सांस्कृतिक संघ तथा चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा भएको कार्यक्रको उद्घाटन सत्रमा विभिन्न थारु नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा थारु चलचित्र निर्माणको इतिहास तथा वर्तमान अवस्थाका विषयमा बृत्तचित्र प्रस्तुत गरिएको थियो ।

SAM_4560

कार्यक्रममा गणेश भण्डारी, अमृत सुनुवार, लक्की चौधरी, रमेश चौधरी, कानूनलाल चौधरी लगायतले थारु संस्कृतिको संरक्षण तथा संस्कृतिले थारुको पहिचान स्थापित गरेको विषयमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा विभिन्न कलाकारहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

संघका अध्यक्ष परशुराम चौधरीको सभापतित्वमा कार्यक्रम भएको थियो । राष्ट्रिय नाचघरमा दुईदिनसम्म चल्ने महोत्सवको दोस्रोदिन दिउँसो २ बजेदेखि थारु भाषाका चलचित्रहरु प्रर्दशन गर्ने कार्यक्रम रहेको थारु चलचित्र संघका वरिष्ठ उपाध्यक्ष रामलाल चौधरीले जानकारी दिनुभयो ।

SAM_4606

वि.सं. २०४७ सालबाट थारु चलचित्र निर्माणको काम शुरु भएको हो । शुरुमा करम चलचित्र थारु भाषामा निर्माण भएपछि अहिलेसम्म दुईदर्जन बढी थारु भाषाका चलचित्र निर्माण भइसकेका छन् ।

तस्विरमा थारु चलचित्र महोत्सव

SAM_4653

SAM_4642

SAM_4691

SAM_4578

तपाईको प्रतिक्रिया