उपयुक्त जिम्मेवारी पाए, एमालेमा प्रवेश गर्न सक्छुँः अध्यक्ष चौधरी


Dhaniram

काठमाडौं, जेठ ३० गते । थारु कल्याणकारिणीसभाका केन्द्रीय अध्यक्ष तथा थरुहट थारुवान संयुक्त संघर्ष समितिका केन्द्रीय संयोजक धनीराम चौधरीले उपयुक्त वातावरण मिलेमा आफू नेकपा (एमाले) मा प्रवेश गर्नसक्ने खुलासा गर्नुभएको छ ।

हमार पहुरासँगको गोप्य र संक्षिप्त कुराकानीमा अध्यक्ष चौधरीले त्यस्तो खुलासा गर्नुहुँदै भन्नुभयो, “म यसअघिसम्म कांग्रेस पृष्ठभूमिको व्यक्ति हुँ, तर उपयुक्त वातावरण मिले एमालेमा जान तयार छुँ ।”

पार्टीमा प्रवेश गराउन पार्टी उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेलसँग पटक पटक वार्ता र छलफल भएपनि अहिलेसम्म उपयुक्त वातावरण बन्न नसकेको चौधरीले जानकारी दिनुभयो । नेता पौडेलले आफूलाई कुनैपनि हालतमा एमालेमा प्रवेश गराउने बताउँदै आउनुभएको चौधरीले सुनाउनु भयो ।

“म यसअघिसम्म कांग्रेस पृष्ठभूमिको व्यक्ति हुँ, तर उपयुक्त वातावरण मिले एमालेमा जान तयार छुँ ।”

“वातावरण करिब मिलिसकेको थियो तर बीचमा टीकापुर घटना घटेपछि स्थिति बिग्रियो” भन्दै अध्यक्ष चौधरीले एमाले उपाध्यक्ष बामदेव गौतमले अलि वातावरण विगारेको आरोप लगाउनुभयो । “पृष्ठभूमि कांग्रेसको भएपनि म कुनै दलसँग पक्षपाती व्यवहार गर्दैन, सबैसँग समन्वयकारी भूमिका निर्वाह गरेको छुँ” चौधरीले भन्नुभयो ।

“अहिलेसम्म एमालेमा नेता पौडेलले छिराइसक्नु हुन्थ्यो, बीचमा समस्या आएर रोकियो” भन्दै अध्यक्ष चौधरीले भन्नुभयो, “एमालेले उपयुक्त र ठूलो जिम्मेवारी दिएमा सो पार्र्टी प्रवेशमा विचार गर्न सक्छुँ ।”

तपाईको प्रतिक्रिया