नयाँ शक्तिको सभामा प्रधानमन्त्रीले भने, ‘नेपाल गरिब भैरहन सक्दैन’


Nayasakti1

काठमाडौं, जेठ ३० गते । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ शक्ति नेपाल पार्टीको घोषणासभामा गएर भन्नुभयो, “अब नेपाल गरिब भैरहन सक्दैन, हुन दिनु हुन्न ।”

यति मेहनती जनता भएको देश गरिब रहन सक्दैन भन्दै प्रधानमन्त्री ओलीले नयाँ शक्ति दललाई सफलताको शुभकामना दिनुभयो । नयाँ शक्ति नेपाल भर्खर घोषणा भएको छ, भोलीको काम कस्तो गर्छ हेर्न बाँकी छ भन्दै उहाँले थप्नुभयो, “शान्ति, समृद्धि, राष्ट्रिय सहमति, विकास, राजनीतिक स्थायित्वको लागि पार्टीले काम गरोस् ।”

naya sakti

नयाँ संविधानले सबै जाति, समुदाय र वर्गको अधिकार सुनिश्चित गरेको दावी गर्दै एमाले अध्यक्ष समेत र हनुभएका प्रधानमन्त्री ओलीले कुनै कमजोरी भए छलफल र संवादबाट संशोधन गरेर अघि बढ्न सकिन्छ भन्नुभयो । देशलाई अघि बढाउने पार्टीको खाँचो देशमा भएको भन्दै उहाँले नयाँ शक्तिलाई त्यता ध्यान दिन शुभकामना दिनुभयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लगानी बिना नेपाललाई समृद्ध गर्न नसकिने हुनाले स्वदेशी तथा विदेशी लगानी नेपालमा भित्र्याउन आवश्यक रहेको बताउनुभयो । नयाँ शक्तिलाई त्यस्तो वातावरण बनाउन उहाँले शुभकामना दिनुभयो । नयाँ पार्टी बनाउन सजिलो छैन तर आज रंगशाला भरिभराउ छ भन्दै उहाँले पार्टीको सफलताको शुभकामना दिनुभयो ।

Nayasakti3

पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ८० वर्षको सपना लोकतन्त्र स्थापना गर्न नेपाल सफल भएपनि थरुहट, मधेसी, महिला, दलितको अधिकार अझै समेटिन नसकेको बताउनुभयो । नयाँ संविधानमा टेकेर यी वर्गको अधिकार सुनिश्चित् गर्दै अगाडि बढ्नुको विकल्प नरहेको चर्चा गर्नुभयो ।

आर्थिक विकास र समृद्धिको पर्खाल, भित्ता र छाना हाल्न बाँकी छ भन्दै अध्यक्ष भट्टराईले भन्नुभयो, “छाना नभएको घरमा युवायुवती बस्न नसकेर विदेश जाँदैछन्, छाना निर्माण गरेर स्वदेशमै रोकौं ।” नयाँ शक्तिले नेपाली घरमा सुनको छाना र गजुर हाल्ने छ भन्दै डा. भट्टराईले नयाँ शक्तिले मुलुकलाई समृद्ध गर्ने सपना देखाउनुभयो ।

हामी थप एउटा पार्टीमात्र थपेका छैनौं, वैकल्पिक नयाँ राजनीतिक अभियान र शक्ति हो भन्दै अध्यक्ष भट्टराईले यो दिनको साक्षी बस्न पाउनेहरु सबै भाग्यमानी रहेको चर्चा गर्नुभयो । “हिजो चार पाँचजना बसेर पार्टी घोषणा गर्थे, हामी पचासौं हजारको उपस्थितिमा घोषणा ग¥यौं, यस्तो अभियान विश्वको कुनै दलले गरेको छैन” भट्टराईले दावी गर्नुभयो ।

Nayasakti2

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले समाजले जहिले पनि नयाँ विकल्प खोज्ने हुनाले नयाँ शक्तिलाई त्यस्तो विकल्प दिन शुभकामना दिनुभयो । जनताको आशालाई निराशामा परिणत नगर्न उहाँले नयाँ शक्ति दललाई सुझाव दिनुभयो ।

पन्ध्रवर्ष नेपाललाई मध्यमस्तर बनाएर बेरोजगारीलाई पूर्णरुपमा अन्त्य, २५ वर्षभित्र नेपाललाई संसारकै धनी बनाउने खाका ल्याउँदैछौं डा. भट्टराईले दावी गर्नुभयो ।

तपाईको प्रतिक्रिया