सरकार छाड्ने विषयमा निर्णय भएको छैनः स्वास्थ्यमन्त्री चौधरी


Health Minister Ram Janam Chaudhari addressing at an inauguration programme of solar-powered dialysis services in Ratnanagar of Chitwan, on Sunday, December 6, 2015. Photo: RSS

काठमाडौं, जेठ ३२ गते । स्वास्थ्यमन्त्री तथा फोरम (लोकतान्त्रिक) का नेता रामजनम चौधरीले वर्तमान सरकार छाड्ने विषयमा पार्टीभित्र कुनै निर्णय नभएको बताउनुभएको छ । यसअघि सो पार्टीले सरकार छाड्ने निर्णय गरेको भन्ने समाचार बाहिर आएको थियो ।

सरकार छोड्ने विषयमा पार्टीको लाइनविपरित सार्वजनिक रुपमा बोलेको भन्दै फोरम लोकतान्त्रिकभित्र नेता जितेन्द्र देवको आलोचना भएको छ।

आठबुँदे सम्झौता लगायत सरकारका कामकारबाहीमा असन्तुष्टि जनाउँदै फोरम लोकतान्त्रिकले एमाले नेतृत्वको सरकार छाड्ने निर्णय भएको सार्वजनिक गरेका थिए।

सरकार छोड्ने विषयमा पार्टीको लाइनविपरित सार्वजनिक रुपमा बोलेको भन्दै फोरम लोकतान्त्रिकभित्र नेता जितेन्द्र देवको आलोचना भएको छ।

सरकार छाड्ने विषयमा पार्टीको धारणाविपरित बोलेको भन्दै केन्द्रीय समिति बैठकमा उहाँको आलोचना भएको नेता रामजनम चौधरीले जानकारी दिनुभयो ।

‘अहिलै सरकार फेर्ने कुरा पार्टीभित्र छैन, त्यो गलत कुरा आएको हो, उहाँले व्यक्तिगत विचार व्यक्त गरेको होला तर पार्टीको धारणाविपरित बोलेको भनेर उहाँसँग हामी स्पष्टीकरण सोध्दै छौं,’ चौधरीले भन्नुभयो ।

आइतबार र सोमबार बसेको केन्द्रीय समिति बैठकमा यसबारे छलफल भएको थियो। सरकार परिवर्तनको कुरा पार्टीभित्र नउठेको चौधरीले दाबी गर्नुभयो । अब कसरी अघि बढ्ने भन्ने विषयमा पार्टीभित्र छलफल भने भएको उहाँले स्वीकार गर्नुभयो ।

‘राष्ट्रिय सहमतिको सरकार बन्छ र सानाठूला सबै दल आउँछन् भने मात्रै सरकार परिवर्तनका कुरा हुने हो। त्यो नभएसम्म सरकार परिवर्तन गर्ने लाइन पार्टीको छैन,’ मन्त्री चौधरीले भन्नुभयो, ‘सरकारबारे छलफल भने भएको छ।’

केन्द्रीय सदस्य पवनकुमारका अनुसार सरकार परिवर्तन गर्ने कि नगर्ने भन्नेमा छलफल चलिरहेकै छ। पार्टीभित्रको ठूलो खेमा तत्काल परिवर्तन गर्ने पक्षमा नरहेको उहाँले बताउनुभयो ।

‘राष्ट्रिय सहमतिको सरकार बन्छ र सानाठूला सबै दल आउँछन् भने मात्रै सरकार परिवर्तनका कुरा हुने हो। त्यो नभएसम्म सरकार परिवर्तन गर्ने लाइन पार्टीको छैन,’ मन्त्री चौधरीले भन्नुभयो, ‘सरकारबारे छलफल भने भएको छ।’

‘केन्द्रीय समितिमा भएका सबै विषयमा बोल्न मिल्दैन,’ चौधरीले भन्नुभयो, ‘सरकारबारे पार्टीको लाइन के हुने भन्ने पूर्ण बैठकले निर्णय गर्ने हो, त्यसपछि त्यही लाइनमा नेताहरु बोल्नुपर्ने कुरा उठिरहेको छ।’

फोरम लोकतान्त्रिकले सोमबार मात्रै ७४ जना केन्द्रीय सदस्य मनोनित गरेको छ। यसअघि ४० जना निर्वाचित सदस्य थिए। मंगलबार ११४ जना केन्द्रीय सदस्य भएको बैठकले सरकार र जितेन्द्रदेवबारे निर्णय गर्ने चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया