थरुहट संघर्ष समितिले असार २३ गतेसम्म सत्याग्रहको कार्यक्रम गर्ने


SAM_4366

काठमाडौं, जेठ ३२ गते । थरुहट संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिले आन्दोलनको नयाँ कार्यक्रम सार्वजनिक गरेको छ । समितिले असार १ देखि २३ गतेसम्म सत्याग्रह तथा भद्र अवज्ञाको कार्यक्रम गर्ने निर्णय गरेको छ ।

समितिको हालै बसेको बैठकले त्यस्तो निर्णय गर्दै देशभरका थारुको घरमा विरोधस्वरुप लालटिन बाल्ने, हात र टाउकोमा कालो कपडा बाध्ने, घरमा कालोझण्डा झुण्ड्याउने या गाड्ने, सरकारी कार्यक्रमहरुमा असहयोग, वहिष्कार र भद्र अवज्ञा गर्ने निर्णय भएको आन्दोलन परिचालन समितिका सचिव प्रेमीलाल चौधरीले बताउनुभयो ।

आन्दोलन कार्यक्रमलाई सफल बनाउन केन्द्रीय समितिले विभिन्न आठजनालाई क्षेत्रगत इन्चार्जको जिम्मेवारी तोकेको छ । सोअनुसार दाङ, बाँके, वर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुरका लागि रुक्मिणी चौधरीलाई इन्चार्जको जिम्मेवारी तोकेको छ ।

त्यस्तै, चित्तवन, नवलपरासी, रुपन्देही र कपिलबस्तुका लागि किशोर विश्वास, काठमाडौं उपत्यकाका लागि प्रेमीलाल चौधरी, रौतहट, बारा, पर्सा र मकवानपुरका लागि रामकृष्ण चौधरीलाई इन्चार्जको जिम्मेवारी दिएको छ ।

आन्दोलन कार्यक्रमलाई सफल बनाउन केन्द्रीय समितिले विभिन्न आठजनालाई क्षेत्रगत इन्चार्जको जिम्मेवारी तोकेको छ । सोअनुसार दाङ, बाँके, वर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुरका लागि रुक्मिणी चौधरीलाई इन्चार्जको जिम्मेवारी तोकेको छ ।

सोहीअनुसार धनुषा, महोत्तरी र सर्लाहीका लागि अमिरीलाल चौधरी, सप्तरी र सिराहाका लागि राजकुमार लेखी, उदयपुरका लागि सरस्वती चौधरी, झापा, मोरङ र सुनसरीका लागि कानूनलाल चौधरीलाई इन्चार्ज तोकेको छ ।

विरोधका अन्य कार्यक्रममा असार १५ गते दिउँसो १२ बजेदेखि १ बजेसम्म लालटिन र मैनबत्ति बाल्ने, त्यस्तै, असार १२, १७ र २३ गते उपत्यकामा लालटिन, टुकी, मैनबत्ती बालेर सांकेतिक विरोध गर्ने कार्यक्रम तय भएको सचिव चौधरीले जानकारी दिनुभयो ।

यसअघि पनि सो समितिले जेठ मसान्तसम्मको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो । स्थानीय जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाउने बाहेक अन्य कुनै कार्यक्रम प्रभावारी हुन सकेन । थारुबीचको एकता र सहकार्य नभएका कारण यो कार्यक्रमको प्रभावकारीतामा समेत प्रश्नचिन्ह लाग्ने केही थारु अगुवाको बुझाई छ ।

हेर्नुहोस् आन्दोलन परिचालन समितिको विज्ञप्ती

Press-Note-Tharu

तपाईको प्रतिक्रिया