बेहडाबाबा मेला रामपुरमा शुरु, लाखौं भक्तजनको मन्दिरमा घुइचो


Behadababa

धनगढी, असार १ गते । हरेक वर्ष गंगादशहरामा लाग्ने बेहडाबाबा मेला बुधबारबाट शुरुभएको छ । कैलालीको उर्मा ४, रामपुरमा पर्ने प्रसिद्ध शिवजीको मन्दिरमा बेहडाबाबाको मेला लाग्ने गर्छ । शिव मन्दिरलाई बेहडाबाबाको नाममले चिन्ने गरिन्छ ।

बेहडाबाबा मेला सुदूरपश्चिमको प्रसिद्ध मेलाकोरुपमा चिनिन्छ । शिवजीको दर्शन गरेमा सन्तान सुख, जीवनमा सुख समृद्धि हुने विश्वास भक्तजनहरुको छ । बेहडाबाबा मेला भर्न सुदूर तथा मध्येपश्चिमका जिल्लाबाट हजारौं नेपाली र भारतको छिमेकी शहर र गाउँबाट भक्तजनहरुको घुइचो लाग्नेगर्छ ।

परापूर्वकालमै आफै उत्पित्तिभएको शिवजीको लिंग रहेको स्थानमा मन्दिर स्थापना गरिएको छ । शुरुमा सानो लिंग भेटिएको भएपनि अहिले त्यसको आधार बढेर सात आठ फिट उचाइको भएको स्थानीय पूजारी खुशीराम चौधरी बताउँछन् ।

1

मेला व्यवस्थापन समितिका अध्यक्ष खेम चन्दले मेला भर्न आउने आगन्तुकका लागि खानेपानी, सुरक्षा तथा स्थानको उचित व्यवस्था मिलाइएको जानकारी दिनुभयो । मेलालाई शान्तिपूर्ण बनाउन स्थानीय स्वमयसेवक र सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति गराइएको छ ।

टाढाटाढाबाट शिवजीको दर्शनका लागि र मेला भर्न आउने दर्शनाभिलासीको स्थानीय रामपुर गाउँमा घुइचो लाग्ने छ । महिना दिनसम्म रामपुरबासीले आफन्त तथा आगन्तुकको स्याहारका लागि तयारी गर्ने गर्दछन् ।

बेहडाबाबा मन्दिर धनगढी शहरबाट करिब १० किलोमिटर पूर्व र चौमाला बजारबाट साढे ६ किलोमिटर दक्षिणमा पर्छ । मन्दिरसम्म पुग्ने कच्ची बाटो रहेकाले दर्शनार्थीलाई मन्दिरसम्म पुग्न समस्या हुनेगर्छ । पानी परेका बेला बाटोमा हिलो हुने र घामलागेका बेला बाक्लो धुलो हुन्छ ।

हेर्नुहोस् तस्विरमा बेहडाबाबा मन्दिर र मेलाः

Behadababa4

Behadababa2

Behadababa6

Behadababa1

Behadababa5

Behadababa3

तपाईको प्रतिक्रिया