पेशागत महासंघको छैठौं केन्द्रीय महाधिवेशन असार ३ देखि


SAM_4826

काठमाडौं, असार १ गते । नेकपा (एमाले) निकट पेशागत महासंघ नेपालको छैठौं केन्द्रीय महाधिवेशन असार ३ देखि ५ गतेसम्म काठमाडौंमा हुने भएको छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने महासंघले बताएको छ ।

महासंघले बुधबार यहाँ पत्रकार सम्मेलन गर्दै महाधिवेशनमा देशभरबाट करिब आठसय प्रतिनिधि सहभागी हुने अध्यक्ष विश्वनाथ प्याकुरेलले जानकारी दिनुभयो । श्रमिकहरुको हकहितका लागि कार्यरत रहेको साझा संगठनभएकाले श्रमिकको भौतिक, पेशागत तथा आर्थिक समृद्धिको क्षेत्रमा काम गरिरहेको अध्यक्ष प्याकुरेलले बताउनुभयो ।

स्वाधीन अर्थतन्त्र र समृद्ध जीवनका लागि गुणस्तरीय सेवा र जिम्मेवार ट्रेडयुनियन भन्ने मुलनाराकासाथ शुरु भइरहेको महाधिवेशन तयारीका लागि अध्यक्ष प्याकुरेलको संयोजकत्वमा ९१ सदस्यीय मूल आयोजक कमिटी गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । महािधवेशनको तयारी पूरा भएको महासंघका महासचिव शिवकुमार अधिकारीले जानकारी दिनुभयो ।

महाधिवेशन तयारीका लागि अध्यक्ष प्याकुरेलको संयोजकत्वमा ९१ सदस्यीय मूल आयोजक कमिटी गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महासंघले श्रमिकहरुको नीति निर्माण तहमा प्रतिनिधित्व, वैधानिकरुपमा हडताल गर्न पाउने अधिकार, पेशाकर्मी श्रमिकहरुको संविधानमै प्रष्टसँग परिभाषित गरिनुपर्ने, श्रमिकको सामाजिक सुरक्षा, सेवा सुरक्षा र हकहितको रक्षा गर्ने र श्रमिकको आधारभूत सेवा सुविधाका विषयमा महासंघ लागिरहेको अध्यक्ष प्याकुरेलले भन्नुभयो ।

अहिलेको बजेटमा महासंघले उठाएको अधिकांश माग मुद्दाहरुको सम्बोधन भएको बताउँदै अध्यक्ष प्याकुरेलले सम्बोधन हुन थप माग मुद्दाका विषयमा महासंघले दवाव दिइरहेको बताउनुभयो । श्रमिकहरुको पेशागत सुरक्षासँगै श्रमिककले नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने गराउनमा समेत महासंघ लागिपरेको प्याकुरेलले भन्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा उद्घाटन कार्यक्रम हुने महासंघको बन्दसत्र ववरमहल स्थित कार्की पार्टी प्यालेसमा हुने आयोजकले बताएको छ । महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । महासंघमा २५ वटा राष्ट्रिय घटकहरु, ४७ वटा प्रतिष्ठानस्तरका ट्रेडयुनियन आवद्ध रहेको महासचिव अधिकारीले बताउनुभयो । महासंघमा देशभरका चारलाख सदस्य रहेको आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया