थारु महिलाहरुका लागि दशदिने हस्तकला तालिम


IMG_1557

चित्तवन, असार २ गते । थारु कल्याणकारिणी सभा (थाकस) चितवन प्रगन्ना नं. ७ र शहिद कमल विपिन स्मृति प्रतिष्ठान चितवनद्वारा थारु महिलाहरुका लागि असार १ गतेदेखि १० गतेसम्म सञ्चालन हुने हस्तकला तालिमको उद्घाटन गरिएको छ ।

समारोहमा प्रमुख अतिथि अमरनाथ ढकालले थाकसलाई विगतमा शासकहरुले प्रयोग गरेका भएपनि वर्तमान समयमा इनोभेटिभ संस्थाको रुपमा अग्रणी भूमिका खेलेको बताउनुभयो । उनले पहाडी समुदायका विपिन खड्का र थारु समुदायका कमल चौधरीको संयुक्त नाममा खोलिएको शहिद कमल विपिन प्रतिष्ठानले थारु समुदाय र पहाडिया समुदाय बीचको जातीय मेलमिलाप र सदभावको ज्वलन्त उदाहरणको संज्ञा दिएका छन् ।

थारु महिलाहरुको सीप अभिवृद्धिका निम्ति १० दिनसम्म सञ्चालित हस्तकला तालिमका लागि खैरहनी नगरपालिका अन्तर्गतको थारु विकास कार्यक्रम र सांसद रुक्मिणी चौधरीको निर्वाचन क्षेत्र विकास कार्यक्रमको सहयोग रहेको छ । थाकस चितवनका सभापति नारायणप्रसाद महतोको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा शहिद कमल विपिन स्मृति प्रतिष्ठानका अध्यक्ष जीतबहादुर महतोले आयोजक संस्थाहरुको परिचयसहित अतिथिहरुलाई स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

थारु महिलाहरुको सीप अभिवृद्धिका निम्ति १० दिनसम्म सञ्चालित हस्तकला तालिमका लागि खैरहनी नगरपालिका अन्तर्गतको थारु विकास कार्यक्रम र सांसद रुक्मिणी चौधरीको निर्वाचन क्षेत्र विकास कार्यक्रमको सहयोग रहेको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति शशी खनिया, राप्रपाका नगर प्रतिनिधि एनप्रसाद डल्लाकोटी, नेकपा (माले) का नगरप्रतिनिधि कृष्ण थपलिया, आदिवासी जनजाति पत्रकार महासंघ चितवन समन्वय समितिका अध्यक्ष सन्तकुमार चौधरी, थाकस चितवनका पूर्वसभापति टिकेन्द्र चौधरी, थाकसका पूर्वकेन्द्रिय सदस्य चन्द्रकुमारी चौधरी, थारु साँस्कृतिक संग्रहालयका अध्यक्ष वीरेन्द्र महतो, वडा नागरिक मञ्चका अध्यक्ष केशव भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

शहिद कमल विपिन स्मृति प्रतिष्ठानका उपाध्यक्ष ललितकुमार चौधरीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । उद्घाटन कार्यक्रममा नगरका सबै पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । हस्तकला तालिममा २५ जना थारु महिलाहरुको सक्रिय सहभागिता रहनुका साथै तालिम प्रशिक्षक वैशखिया चौधरीले सहजीकरण गर्नेछ ।

तपाईको प्रतिक्रिया