चितवनमा तीनवटा नगरपालिका बनाउने तयारी


DSC01752

कारी महतो
चितवन, असार ५ गते । चितवन जिल्लामा तीनवटा मात्रै नगरपालिका बनाउने आन्तरिक तयारी भैरहेको छ । स्थानीय विकास अधिारी श्रवणकुमार पोखरेलले त्यस्तो जानकारी दिनुभयो ।

हाल रहेको आठवटा नगरपालिकालाई मर्जगरी शक्तिशाली तीनवटा नगरपालिका बनाउनका लागि आगामी साउनको पहिलो साताभित्रै सरोकारावालाहरुसँग छलफल अगाडि बढाउने उहाँले बताउनु भयो । शहिद कमल विपिन स्मृति प्रतिष्ठान र थारु पत्रकार संघ चितवनको संयुक्त आयोजनामा भएको दुईदिने पत्रकारिता तालिमको समुदघाटन कार्यक्रममा पोखरेलले उक्त कुरा बताउनु भएको हो ।

शहिद कमल विपिन स्मृति प्रतिष्ठानका अध्यक्ष जीतबहादुर महतोको अध्यक्षतामा जिल्ला विकास समिति चितवनको बैठकहलमा सञ्चालन हुने उक्त तालिमका साथै मोटर ड्राइभिङ्ग तालिमको समेत स्थानिय विकास अधिकारी पोखरेलले समुदघाटन गर्नुभयो ।

कार्यक्रममा पोखरेलले पूर्ण प्रेस स्वतन्त्रतालाई समावेशी लोकन्तन्त्रको प्राणवायुको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो “समावेशी लोकतन्त्रको प्राणवायु भनेको पूर्ण प्रेस स्वतन्त्रता नै हो ।” सञ्चारमाध्यमको महत्वलाई प्रष्ट पार्दै उहाँले थप्नुभयो, “सञ्चारमाध्यमले सरकारी निकायलाई जनताप्रति जवाफदेहि र जिम्मेवार बनाउने काम गर्दैआएको छ ।”

कार्यक्रममा पोखरेलले पूर्ण प्रेस स्वतन्त्रतालाई समावेशी लोकन्तन्त्रको प्राणवायुको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो “समावेशी लोकतन्त्रको प्राणवायु भनेको पूर्ण प्रेस स्वतन्त्रता नै हो ।”

थारु कल्याणकारिणी सभा (थाकस) चितवनका सभापति विश्राम महतोले राज्यले थारुहरुसँग गरेको बाचा तथा सम्झौताहरु बिर्सेर थारु समुदायलाई ठगेको आरोप लगाउनुभयो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ चितवनका सदस्य रामबहादुर भुजेल, थाकस चितवनका पूर्वसभापति टिकेन्द्र चौधरी, थाकसका पूर्व केन्द्रिय सदस्य चन्द्रकुमारी चौधरी, जनजाति पत्रकार महासंघका चितवन जिल्ला अध्यक्ष सन्तकुमार चौधरी, थारु साँस्कृतिक संग्रहालयका अध्यक्ष वीरेन्द्र महतो, निड्स संस्थाका अध्यक्ष शिवनारायण चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त  गर्नुभयो ।

कार्यक्रम संयोजक तथा शहिद कमल विपिन स्मृति प्रतिष्ठानका उपाध्यक्ष ललितकुमार चौधरीले स्वागत गर्नुभएको कार्यक्रममा थारु पत्रकार संघ चितवनका अध्यक्ष कारी महतोले कार्यक्रमका औचित्य तथा कार्यक्रमाथि प्रकाश पार्नुभयो ।

तालिममा २० जना थारु युवाहरुको सहभागी रहेको छ । तालिमको सहजीकरण पत्रकार सन्तकुमार चौधरी र राजु चौधरीले गर्नुहुनेछ । कार्यक्रमका लागि जिल्ला विकास समिति मार्फत माननीय रुक्मिणी चौधरीको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट सहयोग प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया