लोकतान्त्रिक आदिबासी महासंघको अधिवेशन काठमाडौंमा हुने


PS Gurung

काठमाडौं, असार ६ गते । नेकपा (एमाले) को भातृ संगठन नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघको प्रथम राष्ट्रिय अधिवेशन आगामी साउन १५ र १६ गते काठमाडौंमा हुनेभएको छ ।

महासंघले सोमबार यहाँ पत्रकार सम्मेलन गरेर अधिवेशनबारे जानकारी गराएको हो । महासंघमा आवद्ध जातीय संघ संस्थाका प्रतिनिधि, एमालेका आदिबासी जनजाति सांसदसहित अधिवेशनमा करिब पाँचसयजना प्रतिनिधि रहने महासंघका केन्द्रीय अध्यक्ष तथा पार्टी सचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

अधिवेशनअघि असार मसान्तभित्र जातीय घटकहरुलाई अधिवेशन सम्पन्न गर्न महासंघले निर्देश गरेको छ । त्यस्तै, साउन ५ गतेभित्र अञ्चल समन्वय कमिटी, जिल्ला समनवय कमिटी र महासंघका घटक संघलाई प्रतिनिधि छनौट गरी केन्द्रमा पठाउन निर्देश गरिएको अध्यक्ष गुरुङ्ले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रतिनिधि छनौट गर्दा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन पनि महासंघले भनेको छ ।

अधिवेशनको तयारीका लागि केन्द्र अध्यक्ष गुरुङको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । त्यसमा पदाधिकारीहरु, सदस्यहरु, घटक संघका अध्यक्ष रहने व्यवस्था गरिएको छ । त्यस्तै महासंघले अधिवेशन तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरेको छ ।

अधिवेशनको तयारीका लागि केन्द्र अध्यक्ष गुरुङको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । त्यसमा पदाधिकारीहरु, सदस्यहरु, घटक संघका अध्यक्ष रहने व्यवस्था गरिएको छ ।

केन्द्रीय अध्यक्ष गुरुङकै संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति गठन गरिएको छ । त्यसमा नगेन्द्र चौधरी, थममाया थापामगर, जयन्ती राई, शेरबहादुर तामाङ सदस्य रहनुभएको छ । त्यस्तै, शरण राईको संयोजकत्वमा प्रतिनिधि छनौट उपसमिति गठन गरिएको छ । त्यसमा टासी ह्योल्मो, रञ्जना मास्के, रामप्रसाद चौधरी र शान्ति पाख्रिन सदस्य हुनुहुन्छ ।

सोहीअनुसार शेरबहादुर तामाङको संयोजकत्वमा विधान संशोधन उपसमिति गठन भएको छ । जसमा शान्ति जिरेल, भोजविक्रम बुढामगर, शारदा कुमाल, टीकाराम चेम्जोङ, रामचन्द्र दनुवार सदस्य रहनुभएको छ । त्यस्तै, पासाङ शेर्पाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन भएको छ । जसमा टेकराज थामी, पर्तमान धिमाल, सत्यनारायण चौधरी, वीरबहादुर बुढाथोकी सदस्य छन् ।

सोहीअनुसार महासंघले अधिवेशनमा आउने प्रतिनिधिको व्यवस्थापनका लागि कृपासुर शेर्पाको संयोजकत्वमा खाद्य व्यवस्था उपसमिति गठन गरेको छ । जसमा दुर्गा लिंखा, दावा तामाङ सदस्य छन् । त्यस्तै, पेम्बा भोटेको संयोजकत्वमा स्वयम्सेवक परिचालन उपसमति, झकबहादुर थापामगरको संयोजकत्वमा आवास व्यवस्थापन उपसमिति, त्रिवेणी चोङवाङको संयोजकत्वमा मञ्च तथा हल व्यवस्थापन उपसमिति गठन भएको प्रचार प्रसार उपसमितिका संयोजक पासाङ शेर्पाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया