चट्याङले दुई जनाको ज्यान गयो, एकजनाको डुबेर मृत्यु


Thunderstorm

राम दहित
धनगढी, असार ७ गते । कैलालीको उदासीपुर, भजनी र टीकापुर क्षेत्रका गरी मंगलबार तीन जनाको ज्यान गएको छ । दुई जनाको चट्याङ लागेर ज्यान गएको छ, भने एकजनाको खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीकाअनुसार आफ्नै खेतमा धान रोपिरहेको अवस्थामा उदासीपुर १ की २५ वर्षिया राधा चौधरी र भजनी त्रिशक्ति नगरपालिका वडा नम्बर ७ मिलनपुरकी ७ वर्षिया करुणा बुढाको चट्याङ लागेर ज्यान गएको हो ।

प्रहरीकाअनुसार आफ्नै खेतमा धान रोपिरहेको अवस्थामा उदासीपुर १ की २५ वर्षिया राधा चौधरी र भजनी त्रिशक्ति नगरपालिका वडा नम्बर ७ मिलनपुरकी ७ वर्षिया करुणा बुढाको चट्याङ लागेर ज्यान गएको हो ।

साढे १० बजेको समयमा उनीहरुलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिपसिंह भण्डारीले जानकारी दिनुभयो । त्यस्तै चट्याङ लागेर छजना घाइते भएका छन् । घाइते हुनेहरुमा भजनी त्रिशक्ति नगरपालिका वडा नं. ७ मिलनपुरकी बिमला धामी, वडा नं. ५ कांडाकी शर्मिला चौधरी छन् ।

त्यस्तै, वडा नं. ४ पडरियाका गौरीलाल चौधरी, वडा नं. ७ मिलनपुरकी कल्पना साँउद, दिपा धामी र माखी धामी रहेका पनि घाइते भएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै मंगलवार टीकापुर नगरपालिका–८ राजीपुरका सन्तु चौधरीको १४ महिनाको छोरा शौरव चौधरीको घर नजिकैको खोलामा डुबर ज्यान गएको प्रहरीले जनाएको छ । उनको शव तीनसय मिटर तल भेटिएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया